बाढीबाट सप्तरी जिल्लाका दुई हजार घर डुबान
राजविराज - शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले करिब दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् ।
खाँडो खोलामा आएको बाढीले बस्तीमा पानी पस्दा घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो बाढीले सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत अधिकांश गाविसको गाउँ बस्तीमा पानी पसेको बताइएको छ ।
यस्तै मोहली खोलामा आएको बाढीले पोर्ताहा, भारदह, गिद्धखोरा, बरमझिया त्रिकोल हनुमानगर कोलाडी, लगायतको गाविसका हजारौँ घर डुबानमा परेको भारदह– ६ का अशोक माझीले बताए ।
सो खोलाको बाढीले भारदहमा बढी क्षति पु¥याएको छ । मोहली खोलाको बाढीले हनुमानगर योगिनीमाई नगरपालिका– २ स्थित कोसी पश्चिमी नहरका बाँधले पानी थुनिएपछि भारदह वडा ५ र ६ का गाउँ पूरै डुबानमा परेको स्थानीयवासी उमेश माझीले जानकारी दिए।
बाढी घर घरमा पसेपछि डुबान क्षेत्रका विभिन्न बाँध र नहरमा मानिस बस्न बाध्य भएको बताइएको छ । त्यस्तै पोडा खोलामा आएको बाढीले ढुकुली, महदेवा, बभन्नगामा कटीसहितको गाविसका दुई सयभन्दा बढी घर डुबानमा परेको स्थानीयवासी शैलेन्द्र सिंहले जानकारी दिए ।
विभिन्न खोलानालामा आएको बाढीले जिल्लाको करिब ३० हजार हेक्टर खेतीयोग्य जग्गासमेत जलमग्न भएको बताइएको छ ।
त्यस्तै विभिन्न ग्रामीण भेगमा रहेका दर्जनौँ माछा पोखरीमा पानी पस्दा लाखौँ बराबरको माछा पानीसँगै बगेको हनुमानगर योगिनी माई नगरपालिका– २ का श्याम खड्काले बताए ।
यसैबीच खाँडो खोलाबाट बाढीले बढी प्रभावित क्षेत्र सकरपुरा, रम्पुरा मल्हनियाँ र तिलाठी गाविसमा आज मुरही, चिउरा र भुजिया बाँडिने प्रजिअ बलदेव गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण