चीनमा बाढी : मर्नेको संख्या १५० नाघ्यो, हजारौं विस्थापित
बेइजिङ – चीनको उत्तरी र मध्य भागमा आएको बाढी र पहिरोका कारण कम्तिमा १५० जनाको मृत्यु भएका छन् भने सयौंको संख्यामा बेपत्ता भएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार बाढीले आवसीय क्षेत्रमा क्षति पुर्याउँदा हजारौं विस्थापितसमेत भएका छन् ।
बाढी र पहिरोको मारमा पर्नेमा सबैभन्दा बढी हेबई र हेनान प्रान्त रहेको छ । हेबईमा कम्तिमा ११४ जनाको मृत्यु भएको छ भने १११ जना बेपत्ता रहेका छन् । उक्त क्षेत्रमा ५३ हजार घरहरु नष्ट भएका छन् ।
प्रान्तको सिङताई सहरमा २५ जनाको मृत्यु भएपछि त्यहाँ स्थानीयले प्रदर्शनसमेत गरेका थिए । त्यस्तै जिङसिङ काउन्टीमा २६ जनाको मृत्यु भएको छ भने ३४ जना हराइरहेका छन् ।
हेनानमा १५ जनाले ज्यान गुमाएको खबर प्राप्त भएको छ भने त्यहाँ ७२ हजारजनालाई सुरक्षित स्थानमा सारिएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारको कामलाई तिव्र बनाएको छ । धेरै स्थानमा विद्युत आपूर्ती र सञ्चार प्रभावित भएको छ ।
यस वर्ष १.५ मिलियन हेक्टर जमिनमा लगाइएको बाली नष्ट भएको र ३ बिलियन डलर क्षति भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण