काबुलपछि बग्दादमा आइएसको आत्मघाती आक्रमण, कम्तिमा दशको मृत्यु
आइतबार, ०९ साउन २०७३, १६ : ४९
बग्दाद - इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको समाचार भएको छ ।
सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा आठ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य २० व्यक्ति घाइते भएका छन् ।
चिकित्सक समूदायले यस हताहतीको पुष्टि गरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले दाबी गरेका छैनन ।
तर यस अघि सरकारी र सुरक्षा अधिकारीलगायत सर्वसाधारण जनतालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले यस आक्रमण गराएको हुनु पर्ने सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण