आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काबुलपछि बग्दादमा आइएसको आत्मघाती आक्रमण, कम्तिमा दशको मृत्यु

आइतबार, ०९ साउन २०७३, १६ : ४९
आइतबार, ०९ साउन २०७३

बग्दाद - इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको समाचार भएको छ ।

सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा आठ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य २० व्यक्ति घाइते भएका छन् ।

चिकित्सक समूदायले यस हताहतीको पुष्टि गरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले दाबी गरेका छैनन ।

तर यस अघि सरकारी र सुरक्षा अधिकारीलगायत सर्वसाधारण जनतालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले यस आक्रमण गराएको हुनु पर्ने सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप