पूर्वसभासद्को मान्छे भन्दै उद्योगी व्यापारीसँग फिरौती माग्ने प्रहरीको हिरासतमा
वीरगन्ज – वीरगन्जका उद्योगी व्यापारीलाई फिरौती असुलीका लागि फोन धम्की दिने एक जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज आदर्शनगरका एक प्रतिष्ठित उद्योगीलाई फोनबाट धम्की दिएर २० लाख रुपैयाँ फिरौती माग्ने पर्साको हरपुर गाविस वडा नम्बर–३ का ३२ वर्षीय सुरेश रामलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हिजो पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
आफु पूर्वसभासद बबन सिंहको मान्छे भएको भन्दै रामले ९८२११४६३१५ नम्बरको मोबाइलबाट उद्योगीलाइ फोन गरेर २० लाख रुपैयाँ फिरौती मागेको प्रहरी नायब उपरिक्षक बोगटीले जानकारी दिए ।
रामले फिरौती रकम नदिए ती उद्योगीका साथै उनका छोराछोरीलाइ अपहरण गरि ज्यान मार्ने धम्की पनि दिएको प्रहरी नायव उपरिक्षक बोगटीले बताए । पक्राउ परेका रामलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बोगटीले जानकारी दिए ।
त्यसैगरी डाक्टर र इन्जिनियरको परिक्षामा पास गराइदिने भन्दै विधार्थीहरुसँग रकम असुल्ने गिरोहका मुख्य नाइकेहरुलाइ पनि पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरोहको मुख्य नाइकेद्वय सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ का २४ वर्षिय अमृत देव र महोत्तरीको नैनही गाविस वडा नम्बर ९ का अविनाश मिश्रलाइ पक्राउ गरेको हो ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा अध्ययनरत विधार्थीलाइ एमबिबिएसको परिक्षा र इन्जिनियरीङ अध्ययनका लागि भारतीय दूतावासले दिने छात्रवृतिको परिक्षा पास गराइदिने भन्दै रकम असुल्ने गिरोहका मुख्य योजनाकार देव र मिश्रलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।
गिरोहमा संलग्न अरु दुई जनालाई प्रहरीले गत असार ३१ गते नै पक्राउ गरिसकेको छ । असार ३१ गते प्रहरीले दार्चुलाको तपोवन गाविस वडा नम्बर २ घर भइ हाल काठमाण्डौमा बस्दै आएका २३ वर्षीय अस्मित सिंह र जनकपुर घर भइ हाल काठमाण्डौमा बस्दै आएका २३ वर्षीय राहुल कुमार ठाकुरलाइ पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण