हेटौँडा–कुलेखानी सडक खण्ड अवरुद्ध
हेटौँडा - मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको वर्षाले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट काठमाडौँतर्फ यातायातका साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिस्नेरी र फाखेल सडकखण्डमा पहिरो जाँदा हेटौँडा लगायत विभिन्न स्थानका करिब ८०० जति सवारी साधन हेटौँडा–कुलेखानी हुँदै गुड्ने गरेका छन् ।
अहिले चितवनको मुग्लिनमा पहिरो जाँदा सडक अवरुद्ध भई पश्चिम नेपाल र पूर्वी नेपालबाट काठमाडौँतर्फ जाने दिवा सेवा र रात्रि सेवाका बस त्रिभुवन राजपथबाट सञ्चालन भएकाले बढी सवारी साधनको चाप बढ्न गएकाले समयमै गन्तव्यस्थानमा पुग्न यात्रुलाई कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतम बताए ।
आज मौसम अनुकूल रहेमा फाखेल र सिस्नेरी खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाई आज साँझसम्म हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालन गर्ने लक्ष्य रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण