शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा–कुलेखानी सडक खण्ड अवरुद्ध

मङ्गलबार, ११ साउन २०७३, ०६ : ४७
मङ्गलबार, ११ साउन २०७३

हेटौँडा - मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको वर्षाले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट काठमाडौँतर्फ यातायातका साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिस्नेरी र फाखेल सडकखण्डमा पहिरो जाँदा हेटौँडा लगायत विभिन्न स्थानका करिब ८०० जति सवारी साधन हेटौँडा–कुलेखानी हुँदै गुड्ने गरेका छन् ।

अहिले चितवनको मुग्लिनमा पहिरो जाँदा सडक अवरुद्ध भई पश्चिम नेपाल र पूर्वी नेपालबाट काठमाडौँतर्फ जाने दिवा सेवा र रात्रि सेवाका बस त्रिभुवन राजपथबाट सञ्चालन भएकाले बढी सवारी साधनको चाप बढ्न गएकाले समयमै गन्तव्यस्थानमा पुग्न यात्रुलाई कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतम बताए ।

आज मौसम अनुकूल रहेमा फाखेल र सिस्नेरी खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाई आज साँझसम्म हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालन गर्ने लक्ष्य रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप