डा. भट्टराई भन्छन्, ‘मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्तिको खाँचो’
बिहीबार, ०२ भदौ २०७३, १५ : ३८
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् ।
सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औँ स्मृति दिवसका सन्दर्भमा बिहिबार आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताए ।
उनले भने, ‘मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर न्याय दिलाइदिनुपर्छ । ’
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले यादव निष्ठावान् र आदर्शवादी नेता भएको स्मरण गर्दै अहिले मधेसमा विभिन्न रुपमा जारी रहेको आन्दोलनलाई सही दिशानिर्देश गर्न उनको अभाव खट्किएको विचार व्यक्त गरे ।
सोही पार्टीका सहसंयोजक रामचन्द्र झाले सरल, सहयोगी स्वभावका यादवमा उच्चस्तरको राजनीतिक संस्कार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण