दिपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
सारांश
- व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा थुनछेक बहस सकिएको छ।
- भट्टमाथि २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ भने अग्रवालसहित अन्यलाई पनि प्रतिवादी बनाइएको छ।
- हिमालयन रि-इन्स्योरेन्स लगायतका कम्पनीको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो।
काठमाडाैँ । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएकाे छ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान सकिएपछि थुनछेक बहस भएकाे थियाे।
अदालत प्रशासनका अनुसार आज नै आदेश / फैसला आउनेछ।
प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन्।
हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।
अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४–७छ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पूनःमूल्यांकन गरी थप मूल्य ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ । इन्फिनिटी होल्डिंग्स प्रालिको आ.व. २०७७–७८ मा थप ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ ।
त्यसैगरी आ.व. २०७९-८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ । यी रकम कर्जा अपचलन गरी बैकिङ कसुरमार्फत प्राप्त रकमबाट बृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेल गए दीपक भट्ट र सुलभ अग्रवाल, तस्बिरहरू
-
पिताका लागि ‘जीवनदाता’ बने दुई छोरी
-
मधेस प्रदेशका स्थानीय तहमा युरिया र डीएपी मल वितरण
-
१० बजे १० समाचार : सुधनबारेकाे छानबिन प्रतिवेदन गुपचुपदेखि नेकपामा झलनाथको विद्रोहसम्म
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण