मोदीको विवादीत सुटले बनायो विश्व किर्तिमान
नयाँ दिल्ली – निकै चर्चित र विवादीत बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुटले सबैभन्दा बढी मूल्यमा बिक्री हुने सुटको विश्व किर्तिमान बनाएको छ । सन् २०१५ को जनवरीमा अमेरिकाको भ्रमणको क्रममा राष्ट्रपति बाराक ओबामालाई भेट्न जाँदा मोदीले उक्त सुट लगाएका थिए । उक्त सुटको विश्वभर चर्चा कमाएको थियो । सुटको तस्विरलाई ठूलो बनाएर हेर्दा सो सुटको स्ट्रिपमा सानो अक्षरमा आफ्नो नाम प्रिन्ट गराएको खुलेपछि मोदीको सामाजिक सञ्जालमा निकै खिल्ली उडाइएको थियो । उक्त सुटलाई गत वर्ष लिलामीमा राखिएको थियो जसलाई हिराको टाइकुन मानिने लालजीभाई पटेलले गुजराजमा ४ करोड ३१ लाख ३१ हजार ३ सय ११ रुपैयाँमा किनेका थिए । यो सुटलाई गिनिज बुकले विश्वकै सबैभन्दा बढी मूल्यमा खरिद भएको सुटको किर्तिमानको रुपमा दर्ज गरेको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डले जारी गरेको विज्ञप्तिमा गुजरातको सुरतमा २० फेब्रुअरी २०१५ मा लिलामीमा बिक्री भएको मोदीको सुटलाई विश्व किर्तिमानमा दर्ज गराएको उल्लेख गरेको छ । वेभसाइटले उक्त रकम गंगा नदी सफाई अभियानमा सहयोग गरिएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण