उद्यमशील महिला व्यापारिक प्रदर्शनी हुने
आइतबार, ०५ भदौ २०७३, १९ : ०८
काठमाडौँ –‘बिजनेश एन्ड प्रोफेसनल वीमेन सुनाकोठीले महिला उद्यमीको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।
भदौको १० र ११ गते काठमाडौँको त्रिपुरेश्वरमा दुईदिने प्रदर्शनीको आयोजना हुने भएको हो । संस्था सचिव प्रतिमाया पुनले सन् १९७५ मा स्थापित बिजनेश एन्ड प्रोफेसनल वीमेन नेपालले सन् १९८५ मा अन्तर्राट्रिय फेडरेसन अफ बिजनेश एन्ड प्रोफेसनल वीमेनको सदस्य बनेको र १९९१ मा फेडरेशन अफ बिजनेश एन्ड प्रोफेसनल वीमेन नेपालको रुपमा दर्ता भएको जानकारी दिइन ।
मेलामा विशेष गरी हस्तकलाका सामान त्यसमा पनि बुनेका उनिका विभिन्न सामग्री, गहना, काठे कौशलताका प्रकार, कला कौशलता, गर्मी र जाडोका लुगा, काँचका पोटे, मखमलका जुत्ता, ढाकाका प्रकार, आदिवासी, जनजाती भेषभुषालगायतका सामग्री राखिनेछ ।
डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाबिन्दु तुलाधरले महिलालाई आर्थिक रुपमा शसक्त बनाउन हस्तकला क्षेत्रले निकै महत्वपूर्ण भूमिका खेलेको बताउँदै महिलाका क्षेत्रमा राम्रो कार्य गर्ने संस्था, महिलाको पहिचानलाई यसले बाहिर ल्याउन मद्दत गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण