९ खेलाडीमा सिमित रोमा च्याम्पियन्स लिगमा छनौट हुन असफल
रोम – पहिलो लेगमा घरेलु मैदानबाहिर पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–१ को बराबरीमा रोक्न सफल ए एस रोमाले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना प्रबल बनाएको थियो । तर, आफ्नै घरेलु मैदानमा ९ खेलाडीमा सिमित भएपछि इटालियन क्लबको सपना चकनाचुर बनेको छ । दोस्रो लेगमा रोमा ३–० ले पराजित हुँदै च्याम्पियन्स लिगमा छनौट हुन सकेन । फिलिपेको गोलसँगै खेलको शुरुवातमा नै पछि परेको रोमा ड्यानियल डि रोस्सी र एमरसन पाल्मेरी रातो कार्ड खाँदै बाहिरिएपछि झनै अप्ठ्यारोमा परेको थियो । खेलको दोस्रो हाफमा मिगुएल लायुन र जिसस कोरोनाले गोल गर्दै पोर्टोलाई ३–० सहज जित दिलाउँदै समग्रमा ४–१ को जीतसहित च्याम्पियन्स लिगको लिग चरणमा छनौट भएको छ । तीन वर्षमा प्लेअफबाट छनौट हुन असफल हुने रोमा तेस्रो इटालियन टोली हो । बिहिबार हुने ड्रमा इटालीबाट अब युभेन्टस र नापोली मात्र बाँकी रहेको छ । उता, इजरायली टोली हापोएल बिएर सिभासँग २–० ले पराजित भए पनि सेल्टिक च्याम्पियन्स लिगमा छनौट भएको छ । समग्रमा ५–४ को जीत निकाल्दै सेल्टिक तीन वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा प्रवेश गरेको हो । उता, भिल्लेरियालाई १–० ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै मोनाको पनि च्याम्पियन्स लिगमा छनौट हुन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण