उत्तर कोरियाको नयाँ महाविनाशकारी मिसाइल, यसैमा घमण्ड गर्छन् किम जोंग
उत्तर कोरियाका किम जोंग उनको क्रुरता दिनप्रति दिन बढ्दो छ । तीन दिन पहिले मात्र उनले ओलम्पिकबाट खाली हात फर्कने खेलाडीहरुलाई कोइला खानीमा काम गर्ने आदेश दिएका थिए र अब उनी संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकामाथि परमाणु हमला गर्ने धम्की दिएका छन् ।
आखिर किम किन यति धेरै क्रुर छन् । उनीसँग त्यस्तो के ताकत छ जसका कारण उनी संसारको सबैभन्दा शक्तिशाली देशलाई बारम्बार चेतावनी दिन्छन् ? किनभने उनीसँग महाविनाश गर्नसक्ने क्षमता छ । उनीसँग भएको ब्यालिस्टिक मिसाइलले यो कुरामा मद्दत गर्नेछ । यहि परमाणु हतियार नै उनको ताकत हो ।
स्मरण रहोस्, यहि वर्ष जनवरी ६ तारिखका दिन उत्तर कोरियाको उत्तर–पूर्वी इलाका ५.१ तिब्रताको भूकम्पको झट्काले हल्लिएको थियो । तर पछि थाहा भयो कि झट्काको कारण भूकम्प नभई परमाणु बमको परिक्षण थियो । किम खतरनाक हतियारका शौखिन हुन् ।
उत्तर कोरियासँग महाविनाशका यस्ता हतियार छन्ः
– यो देशसँग १५ देखि २५ एटम बम भएको अनुमान गरिन्छ ।
– यसका साथै यो देशले हाइड्रोजन बम बनाउने दाबीसमेत गरेको छ ।
मिसाइलहरुको कुरा गर्नुपर्दाः KN-1 मिसाइलको रेन्ज ११० किलोमिटरसम्म रहेको छ ।
KN-2 को रेन्ज १२० किलोमिटर छ ।
ह्वासंग–५ मिसाइलको रेन्ज ३३० किलोमिटरसम्म रहेको छ ।
ह्वासंग–६ को भने ७०० किलोमिटर रहेको छ ।
रोडन्ग–१ मिसाइलको रेन्ज १६०० किलोमिटर छ ।
मुसुडेनः यो मिसाइलको रेन्ज ४ हजार किलोमिटर रहेको छ ।
यस बाहेक किम जोंगसँग विषालु ग्याँस पनि रहेको छ । जानकारीका अनुसार उत्तर कोरियासँग करिब ५ हजार टन मस्टर्ड ग्याँस, सेरिन र नर्व ग्याँस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण