एउटा यस्तो मन्दिर जुन १० लाख बढि बियरको बोतलले बनेको छ
सोमबार, १३ भदौ २०७३, ११ : ०२
मन्दिरलाई सुन्दर बनाउनका लागि त्यसमा सुन, चाँदीको जलप लगाउनुका साथै विभिन्न सिंगमर्मरको प्रयोगले यसलाई टिलिक्क बनाइन्छ । यस्तो हामीले नेपाललगायत भारतका विभिन्न प्रसिद्ध मन्दिरमा देखेका छौं । तर बियरको बोतल प्रयोग गरेर पनि मन्दिर बनाइएको छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । थाइल्याण्डमा यस्तै मन्दिर छ । यहाँ बौद्ध भिक्षुहरुले बियरको खाली बोतलको प्रयोग गरेर निकै आकर्षक मन्दिर बनाएका छन् ।
थाइल्याण्डको सिस्केटमा केही बौद्ध भिक्षुहरुले करिब १० लाख बियरको बोतललाई जम्मा गरी यो मन्दिर बनाएका हुन् । मन्दिरको नाम ‘वात पा माहा चेडियो काइउ’ रहेको छ ।
प्रयोगविहिन बोतललाई कसैले मन्दिर निर्माण गर्छन् भनेर मानिसहरुले सोच्न पनि सक्दैनन् त्यसकारण यसलाई हेर्न मानिसहरु देशका विभिन्न कुनाबाट आउने गर्दछन् ।
मन्दिरको वरिपरिको भागमा समेत बियरको बोतल लगाइएको छ भने यहाँ बनाइएका शौचालयमा पनि बियरकै बोतल टाँसिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण