किम जोंगलाई नमानेको भन्दै उत्तर कोरियाले दुई शीर्ष अधिकारीलाई सार्वजनिक रुपमा झुण्ड्यायो
मङ्गलबार, १४ भदौ २०७३, १३ : १८
उत्तर कोरियाका तानाशाह किम जोङ उनको आदेश पालना नगरेको भन्दै त्यहाँका दुई अधिकारीलाई सार्वजनिक रुपमा झुण्ड्याइएको छ ।
दक्षिण कोरियाको मंगलबार जारी गरेको एक रिपोर्ट अनुसार अगष्ट महिनाको सुरुवातमा ती दुई अधिकारीलाई झुण्ड्याएको बताएको छ ।
बुवा किम जोंग II को मृत्युपछि किमले सन् २०११ देखि सत्ताको बागडोर सम्हालेका थिए । यही सत्ताको दुरुपयोग गर्दै उनले आफ्ना दुई शीर्ष अधिकारीलाई झुण्ड्याएका छन्, दक्षिण कोरियाली अधिकारीले बताए ।
उत्तर कोरियासँग नजिक भएको अज्ञात स्रोतलाई उद्धृत गर्दै जोंगआङ इल्बोका अनुसार पूर्व कृषिमन्त्री ह्वाङ मिन र रि योंग जिन, शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीलाई मृत्युदण्ड दिइएको हो ।
उत्तर कोरियाका गतिविधी हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने यसबारेमा केही बोलेको छैन ।
उत्तर कोरियाले कसैलाई मृत्युदण्ड दिएका खबर बिरलै सार्वजनिक गर्ने गरेको छ । यद्यपी किमका काकालाई उनले दिएको मृत्युदण्ड भने त्यहाँका सरकारी मिडियाले राम्रो स्थान दिएर सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण