दसैँमा रक्सीको लत लाग्यो ? एक हप्तामा यसरी छाड्न सकिन्छ मदिरा
रक्सीमा टक्सिन भन्ने एकप्रकारको पदार्थ मिलाइएको हुन्छ । यो पदार्थ मानव शरीरको कोष र सेलमा गएर बसेको हुन्छ । यसले एकैपटक असर गर्दैन, बिस्तारै मानिसका सेल र कोषमा रहेका रोग प्रतिरोधात्मक गुणलाई असर गर्दै जान्छ । रक्सीले तत्कालै केही असर गरेकोजस्तो देखिँदैन तर बिस्तारै मन्द विषजस्तै गरेर यसले शरीरमा असर गरिरहेको हुन्छ । रक्सीजन्य पदार्थको लतबाट छुट्कारा पाउन एक हप्तासम्म एउटा नियमलाइ पछ्याउनुस् ।
- ब्वाइल डाइट : पहिलो दिनमा सबै खाना उमालेरमात्र खानुस्, भात नखानुस् । सबै तरकारी उमालेर कागतीको रस छर्किएर खान सकिन्छ ।
- र डाइट : दोस्रो दिन काँचो खाना खानुस् । सलादजन्य खानेकुरा हरियो सागपात, गाँजर, मुला, काँक्रो, ग्राउन्ड एप्पल, सखरखण्ड आदिजस्ता खानेकुरा राम्रोसँग धोइपखाली गरेर नपकाईकन खान सकिन्छ ।
- फ्रुट डाइट : तेस्रो दिन फलफूलमात्र प्रयोग गर्नुस् । केरा र रुखकटहरबाहेकका सबै फलफूल खानु उपयुक्त हुन्छ । फलफूलमा मौसम, जुनार, सुन्ताला, अनार, खर्बुजा, नासपातीजस्ता फलफूल खानुस् । खाँदा थोरै–थोरै होइन, टन्न पेट भरिने गरेर खानुस् । यसले तपाईंको शरीरमा भएको टक्सिनको मात्रालाई कटौती गर्दै जानेछ ।
- जुस डाइट : चौथो दिन खानामा जुसमात्र लिनुस् । कोकाकोला, स्प्राइटजस्ता पेय पदार्थ जुसअन्तर्गत पर्दैनन् । फ्रेस जुस लिनुपर्छ । फलफूलमा केवल खर्बुजामात्र प्रयोग गर्न सकिन्छ । सकेसम्म घरमा ताजा फलफूलको जुस बनाएर पिउनुभयो भने यसले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा गर्नेछ । यो अवधिमा तपाईंको रक्तचाप केही घट्न सक्छ तर तपाईं आत्तिनुहुँदैन । यो सामान्य हो ।
- पाँचौँ दिनदेखि पुनः यो प्रक्रिया उल्टोबाट दोहोर्याउनुस् । जुस डाइट, फ्रुट डाइट र डाइट र ब्वाइल डाइट गरी पुनः यो प्रक्रिया दोहोर्याउनुपर्छ । धैर्यपूर्वक यति गर्दासम्म तपाईंको शरीरमा रहेको टक्सिनको मात्रा सकिइसकेको हुन्छ । भोलिपल्टदेखि तपाईं नर्मल खाना खानुस् । यसरी तपाईं एक हप्ताको अवधिमै अल्कोहलजन्य पदार्थबाट छुट्कारा पाउन सक्नुहुनेछ ।
प्रस्तुति : आस्था केसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण