आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यसरी गरौँ मोबाइलको डाटा डिलिट

सोमबार, ०१ कात्तिक २०७३, १३ : ०४
सोमबार, ०१ कात्तिक २०७३
आफूले प्रयोग गरिरहेको एन्ड्रोइड मोबाइल केही समयलाई अरू कसैलाई दिँदै हुनुहुन्छ या बिक्री नै गर्ने सोचमा हुनुहुन्छ ? यदि यस्तो हो भने सबैभन्दा पहिला मोबाइलमा भएका सम्पूर्ण डाटा सुरक्षित तरिकाले डिलिट गर्नु राम्रो हुन्छ । धेरैको मान्यता छ, फ्याक्ट्री रिसेट गर्दा स्मार्टफोनमा भएका सम्पूर्ण फाइल डिलिट हुन्छन् । तर, यसो गर्दैमा मोबाइलमा भएका सम्पूर्ण फाइल डिलिट हुँदैनन् । मोबाइलमा डिलिटेड र हिडेन मार्क भएका फाइल अन्य कतै लोकेसनमा स्टोर हुन्छन् । त्यसैले अधिकांश व्यक्तिजस्तै फ्याक्ट्री रिसेट गरेर डाटा डिलिट भयो भन्ने ढुक्क नहुनुहोस् । स्थायी रूपमा डाटा डिलिट गर्ने दुई तरिका यस्ता छन्ः इन्क्रिप्ट डिभाइस स्टोरेज इन्क्रिप्टले फ्याक्ट्री रिसेट गर्नुअगाडि नै स्मार्टफोनमा रहेको डाटा तथा इन्फर्मेसनलाई क्रिप्टिक फम्र्याटमा परिवर्तन गरिदिन्छ । इन्क्रिप्ट डिभाइस स्टोरेजले यो सुनिश्चित गर्छ कि फ्याक्ट्री रिसेट गर्दा डाटा देखिए पनि केही काममा योग्य हुँदैन । स्टोरेजलाई अस्थायी डाटाले भर्ने इन्क्रिप्ट तथा फ्याक्ट्री रिसेटले डाटा सुरक्षित रूपमा हट्ने त छँदै छ । तर, केही मात्र सावधानी अपनाउन सकेमा भोलिका दिनमा कुनै पनि समस्या व्यहोर्नु नपर्ने पनि बनाउन सकिन्छ । यसका लागि फ्याक्ट्री रिसेटपछि स्मार्टफोनलाई सेटअप गर्नुपर्छ । तर, मेलसँग सम्बन्धित कुनै पनि सूचना योसँग सम्बन्धित हुनु हुँदैन । एकपटक सेटअप पूरा भएपछि मोबाइलको इन्टर्नल स्टोरेज पूरै नभरिएसम्म एउटा जंक भिडियो रेकर्ड गर्ने । यो कार्य पूरा हुनासाथ फोनबाट डाटा हटाउने प्रक्रिया पनि पूरा हुन्छ । नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप