सवारी कन्डिसनमा नहुँदा देखाउने ७ लक्षण
सोमबार, ०१ कात्तिक २०७३, १३ : १२
अहिले उत्पादन भएका अधिकांश गाडीमा इलेक्ट्रोनिक कन्ट्रोल युनिट (इसियू) हुन्छ । यस्तो सवारीमा कुनै फङ्सनले आफ्नो कार्यक्षमताअनुसार कार्य गरेन भने त्यसको सिग्नल ड्यासबोर्डमा दिन्छ । ड्यासबोर्डले चालकलाई जानकारी दिने तरिका भने ब्रान्डअनुसार फरक–फरक हुनसक्छ । तर, इसियू नभएको सवारीसाधनमा भने अघिल्लो पर्फर्मेन्सअनुसार विशेष ध्यान दिनुपर्छ । सवारीसाधन चलाइरहँदा यस्ता समस्या देखिएमा तुरुन्त सर्भिस सेन्टर लगिहाल्नुपर्छः
आफ्नो सवारीसाधनले धुवाँ बढी फालिरहेको छ भने ।
गाडीमा एकै प्रकारका आवाज इन्जिनबाट आइरहेको छैन । सधैँको भन्दा फरक बीचबीचमा ग्याप गर्दै रिदम बिगारेर आवाज आइरहेको छ भने ।
सामान्यतः अन्य दिनमा सवारी चलाउँदाभन्दा अत्यधिक बढी इन्धन खपत गरिरहेको छ भने ।
सवारीसाधनको मोडेलअनुसार नर्मल दिनभन्दा मिटरले ओभरहिटको संकेत देखाएमा ।
हेडलाइट वाइपरले राम्रोसँग काम गरिरहेको छैन भने ।
सवारी सञ्चालन भइरहँदा अगाडि या पछाडिको चक्काबाट अनावश्यक आवाज आइरहेको छ भने ।
गाडी सीधा आफ्नो लाइनमा नगुडी दायाँबायाँ कतै ढल्किएको जस्तो भएमा
नया पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण