अण्डाको बोक्रामा लुकेको अपत्यारिलो सौन्दर्यको राज
अण्डाको प्रयोग स्वास्थ्यको लागि मात्र नभई सुन्दरताका लागि पनि प्रयोग गरिन्छ । अण्डाको सेतो र पहेंलो दुबै भाग स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक मानिन्छ । तर के तपाईंलाई अण्डाको बोक्राले पनि सुन्दरता बढाउन मद्दत गर्छ भन्ने कुरा थाहा छ ? हो, अण्डाको बोक्राको प्रयोगले छाला सफा हुन्छ र त्यसमा प्राकृतिक निखार आउँछ ।
प्रयोग गर्ने तरिकाः आज हामी तपाईंलाई सुन्दरताका लागि अण्डाको प्रयोग गर्ने बारे जानकारी दिँदै छौं । यसको लागि सबैभन्दा पहिले अण्डा फुटाएपछि त्यसको बोक्रालाई घाममा सुकाउनुहोस् त्यसपछि यसलाई पिसेर पाउडर बनाउनुहोस् र प्रयोग गर्नुहोस् ।
सुन्दरताका लागि अण्डाको बोक्राः – अण्डाको बोक्राको प्रयोगका लागि थुप्रै तरिका छन् । जस्तै गोरो र दागरहित छाला पाउनका लागि अण्डाको बोक्राको पाउडरमा भेनेगर हालेर पेष्ट बनाउनुहोस् र अनुहारमा हल्का हातले मसाज गर्नुहोस् । यसो गर्नाले केही दिनमा नै तपाईंको अनुहार गोरो र चम्किलो हुन्छ ।
– अण्डाको बोक्राको पाउडरमा भेनेगर वा कागतीको रस मिसाएर लगाउँदा छालामा भएको दाग धब्बा सफा हुनुका साथै छालामा संक्रमणको खतरा पनि कम हुन्छ । यदि तपाईंलाई कुनै प्रकारको छालाको संक्रमण भएमा यो उपाय तपाईंको लागि निकै फाइदाजनक हुनेछ ।
– छालालाई सुख्खा हुन नदिन तपाईं अण्डाको बोक्राको पाउडरमा एलोभेरा जेल मिसाएर अनुहारमा लगाउनुहोस् । यो फेस प्याकको मद्दतले छालामा निखार आउन मद्दत गर्दछ ।
– अण्डाको बोक्राबाट बनेको पाउडरमा थोरै चिनीको पाउडर हाल्नुहोस । यसमा अण्डाको सेतो भाग हालेर राम्रो तरिकाले फिट्नुहोस् । यो मास्कलाई हप्तामा एक पटक आफ्नो अनुहारमा लगाउनुहोस् । केही हप्तापछि नै तपाईंले फरक देख्नुहुन्छ ।
– सुन्दरतामा दाँतको सुन्दरताको पनि महत्वपूर्ण भूमिका हुन्छ । यदि तपाईंको दाँत पहेंलो भएर तनावमा हुनुहुन्छ र दैनिक ब्रस गरेता पनि सेतो नहुने समस्यामा हुनुहुन्छ भने अण्डाको बोक्राको पाउडरले नियमित मसाज गर्नुहोस् । यसो गर्नाले तपाईंको दाँत प्राकृतिक रुपमा सेतो हुन्छ ।
– अण्डाको बोक्रामा दुई चम्चा मह मिसाएर गाढा पेस्ट बनाउनुहोस् र यसलाई अनुहारमा लगाउनुहोस् । एक हप्ताभित्र तपाईंको छालामा परिवर्तन आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण