आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु

मङ्गलबार, ०२ कात्तिक २०७३, १० : ५४
मङ्गलबार, ०२ कात्तिक २०७३

चितवन - स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

यसअघि दुईजना महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना परीक्षण गर्दा स्क्रब टाइफस प्रमाणित हुनेको सङ्ख्या २१९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप