आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मौसम परिवर्तन हुँदैछ, बिर्सेर पनि नगर्नुहोस् यी १० गल्ती

मङ्गलबार, ०२ कात्तिक २०७३, १४ : २६
मङ्गलबार, ०२ कात्तिक २०७३

मौसम क्रमशः परिवर्तन भइरहेको छ र जाडो मौसम सुरु हुने क्रममा छ । साधारण रुपमा यो मौसमलाई स्वस्थ मौसम मानिन्छ तर केही सावधानी नअपनाए विभिन्न प्रकारको स्वास्थ्य समस्या आउने गर्दछ । यो मौसममा हामीले नचाहेरै पनि धेरैपटक यस्ता गल्ती गर्छौं जसका कारण हामी बिरामी हुन्छौं । फिजिशियन डा. धिरज शुक्लाले १० गल्ती बारे जानकारी दिएका छन् जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

कम पानी पिउनुः जाडो महिनामा धेरै प्यास लाग्दैन जसका कारण हामी कम पानी पिउँछौं । यसले निर्जलीकरण (डिहाइड्रेसन) को समस्या हुन थाल्छ । यस्तो अवस्थामा मृगौलाको रोग, रुखो छाला र कब्जियतको समस्या हुन थाल्छ ।

धेरै चिया कफी पिउनुः चिसो मौसममा धेरै चिया र कफी पिउँदा शरिरमा क्याफेन र सुगरको मात्रा आवश्यकभन्दा बढि हुन्छ जुन पछि रोगको कारण बन्दछ । धेरै चिया कफीको सट्टा दूध, ग्रिन टी वा तातो पानी पिउँनु फाइदाजनक हुन्छ ।

घाममा धेरै बेरसम्म रहनुः चिसो मौसममा छालालाई सुरक्षा दिने मेलानिनको मात्रा बाँकी दिनको तुलनामा कम हुन्छ । यस्तो अवस्थामा ३० मिनेटभन्दा बढि समय घाममा बिताउँदा छालामा ट्यानिङ हुनसक्छ ।

धेरै बेरसम्म सुत्नुः चिसो मौसममा रात लामो र दिन छोटो हुन्छ । यस्तो अवस्थामा धेरैबेरसम्म सुत्दा शरिरको प्राकृतिक घडी खल्बलिन्छ र सुत्ने उठ्ने र तालिका बिग्रन्छ । यसले स्वास्थ्यको थुप्रै समस्या निम्त्याउँछ ।

नाक मुख नढाकी बाहिर निस्कनुः स्वाइन फ्लू र डेंगुजस्ता रोगका ब्याक्टेरिया र भाइरस चिसो र ओसिलो वातावरणमा फैलिन्छ । यस्तो अवस्थामा नाक, मुख नढाकी बेलुकीपख बाहिर निस्कँदा ब्याक्टेरिया र भाइरस नाक र मुखको बाटो हुँदा पूरा शरिरभित्र पुग्छ र समस्या निम्त्याउन सक्छ ।

न्यानो कपडा नलगाई बाहिर निस्कनुः चिसो मौसममा घरभित्र र बाहिरको तापक्रममा निकै भिन्नता हुन्छ । यस्तो अवस्थामा यदि कोही व्यक्तिले न्यानो कपडा बिना नै घरभन्दा बाहिर निस्कन्छ भने रुघा, खोकी, ज्वरो र निमोनियाजस्ता समस्या बढ्ने गर्दछ ।

तात्तातो पानीले नुहाउनुः चिसो मौसममा मनतातो पानीले नुहाउनु फाइदाजनक मानिन्छ तर तात्तातो पानीले नुहाउँदा कपाल सेतो, रुखो र नराम्रो हुनुका साथै छाला चिलाउने, सुख्खा, रातो हुनुका साथै फुट्ने समस्या हुन्छ ।

धेरै नै बाक्लो लुगा लगाउनुः चिसोका कारण हामी धेरै पटक चाहिनेभन्दा बढि न्यानो कपडा लगाउँछौं । यस्तो अवस्थामा गर्मीका कारण पसिना आउन थाल्छ र चिसो र तातो हुँदा रुघा, खोकी र ज्वरोको समस्या निम्तिन्छ ।

हात र खुट्टालाई लामो समयसम्म छोप्नुः हात र खुट्टा शरिरको यस्ता हिस्सा हुन् जसले शरिरको तापक्रमलाई राम्रो अवस्थामा राख्छ । यदि हामी लामो समयसम्म हात खुट्टालाई छोपेर राख्छौं भने शरिरको तापक्रम बिग्रन्छ । क्रिम र लोसनको प्रयोगः चिसो मौसममा रुखो छालाबाट पार पाउनका लागि आवश्यकभन्दा बढि क्रिम र लोसन लगाउँदा डण्डीफोरको समस्या हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप