आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

स्तनपानबारे ७ जानकारी

बुधबार, ०३ कात्तिक २०७३, १२ : २८
बुधबार, ०३ कात्तिक २०७३
1-बच्चा जन्मिएको आधा घन्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौष्टिक हुन्छ । 2-बच्चालाई ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुरा खुवाउनु हुँदैन । 3-बच्चालाई प्रत्येक दुईदेखि तीन घन्टाको फरकमा स्तनपान गराउनुपर्छ । 4-जति स्तनपान गरायो त्यति नै बढी दूध आउँछ । स्तनपान नगराएमा आफैँ सुकेर जान्छ । 5-कतिपय समाजमा पहिलो बिगौती दूध खुवाउन हुँदैन भनेर निचोरेर फाल्ने चलन छ । यो नवजात शिशुलाई सबैभन्दा राम्रो रोग प्रतिरोधात्मक औषधि हो । 6-जुन बच्चाले प्रशस्त मात्रामा स्तनपान गरेको छ, सो बच्चा तीक्ष्ण हुन्छ । 7-आमाको दूधमा बच्चालाई चाहिने प्रोटिन कार्बोहाइड्रेड, फ्याट, मिनरल्सलगायत सम्पूर्ण सन्तुलित आहार पाइन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप