आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

आज नर्सिङ दिवस: विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइयो

सोमबार, १५ माघ २०७४, १७ : ३०
सोमबार, १५ माघ २०७४

काठमाडौं– आज देशभर ५६ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।

नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । आज काठमाडौको माइतीघरमा नेपाल नर्सिङ संघले पेशागत हक, अधिकार तथा सुरक्षाको ग्यारेन्टी होस् भन्दै प्रदर्शन तथा र्याली पनि गरिएको छ ।

नेपालमा नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको छैन साथै नर्सहरु न्युन बेतन तलबमा काम गरिरहेका छन् ।  नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर९स्वयंसेवी०का रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप