आज नर्सिङ दिवस: विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइयो
काठमाडौं– आज देशभर ५६ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।
नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । आज काठमाडौको माइतीघरमा नेपाल नर्सिङ संघले पेशागत हक, अधिकार तथा सुरक्षाको ग्यारेन्टी होस् भन्दै प्रदर्शन तथा र्याली पनि गरिएको छ ।
नेपालमा नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको छैन साथै नर्सहरु न्युन बेतन तलबमा काम गरिरहेका छन् । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर९स्वयंसेवी०का रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण