विद्युत सट भएर पसलमा आगलागी
सिरहा– सिरहाको गोलबजार नगरपालिका–६ स्थित सुधीर इन्टरप्राइजेजमा सोमबार मध्यरातमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ ।
आगलागीबाट पसलभित्र रहेका कम्प्यूटर, ल्याप्टप, सिसि क्यामेरा, राउटर, हार्डडिक्स लगायतका समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए ।
विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले बताए । उनले पीडितले दिएको जानकारी अनुसार आगलागीबाट एक करोडभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी मध्यरातमा सुरु भएको थियो । पसल रहेको घर धनी स्थानीय वीरेन्द्र खड्गा हुन् । आगलागी हुँदा पसलमा कोही थिएनन् । आगलागी सुरु भएपछि स्थानीयले नै पसलका प्रोपराइटर सुधीर साहलाई खबर गरेका थिए । घटना स्थलमा तत्कालै पुगेर प्रहरी र गोलबजारको दमकलले करिब १ घण्टापछि आगो नियन्णमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण