शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत सट भएर पसलमा आगलागी

मङ्गलबार, १६ माघ २०७४, १२ : ५९
मङ्गलबार, १६ माघ २०७४

सिरहा– सिरहाको गोलबजार नगरपालिका–६ स्थित सुधीर इन्टरप्राइजेजमा सोमबार मध्यरातमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ ।
आगलागीबाट पसलभित्र रहेका कम्प्यूटर, ल्याप्टप, सिसि क्यामेरा, राउटर, हार्डडिक्स लगायतका समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए । 
 विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले बताए । उनले पीडितले दिएको जानकारी अनुसार आगलागीबाट एक करोडभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी मध्यरातमा सुरु भएको थियो । पसल रहेको घर धनी स्थानीय वीरेन्द्र खड्गा हुन् । आगलागी हुँदा पसलमा कोही थिएनन् । आगलागी सुरु भएपछि स्थानीयले नै  पसलका प्रोपराइटर सुधीर साहलाई खबर गरेका थिए । घटना स्थलमा तत्कालै पुगेर प्रहरी र गोलबजारको दमकलले करिब १ घण्टापछि आगो नियन्णमा लिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप