बाँझोपन हुन सक्ने ५ कारण
महिला र पुरुषमा दुवैका कारणले हुने समस्या हो बाँझोपन । तर, हाम्रो समाजमा धेरैजसो दोष महिलालाई दिने गरिन्छ । यसको कारण पत्ता लगाएर समयमै उपचार गर्न सकिए धेरै हदसम्म समाधान गर्न सकिन्छ ।
महिलामा हुने समस्या
महिलामा बाझोपना हुनुको प्रमुख कारण भनेको डिम्ब उत्पादन नहुनु हो । त्यस्तै गर्भ नबस्नुमा पाठेघरको नली बन्द हुने, महिलाको फेलिपिन ट्युब बन्द हुँदा विभिन्न संक्रमण हुन सक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुन सक्छ । कहिलेकाहीँ नलीमा बच्चा बसेमा नली काटेर फाल्नुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर पनि हुन्छ । अप्रेसनपछि त्यहा भएका फोहोर–विकार पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ ।
१४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ । त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन । यो समस्या भनेको महिनावारी हुदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसका कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली तथा पाठेघर बिग्रने सम्भावना हुन्छ । सात प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ ।
पुरुषमा हुने समस्या
श्रीमान्को शुक्रकीटमा खराबी भएर हुने बाँझोपनको समस्या हुने गर्दछ । कतिपयमा शुक्रकीटको उत्पादन नै नभएको पाइन्छ भने कतिपयमा नगण्य रूपमा मात्रामा उत्पादन भएको हुन्छ । यो अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।
थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने र अन्य हर्मोनको पनि जाँच गर्नुपर्छ । यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन ।
दुवैको समस्या जुध्दा हुने बाँझोपन
कतिपय दम्पतीमा दुवैको समस्या जुधेर पनि हुन्छ । अलिकति श्रीमान्को समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् । तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधान गर्दा बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ, कोसिस गरिरहनुपर्छ ।
अस्थायी साधन
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्न सक्छ । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–एक वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण