एउटी महिला डाक्टरका सुख कति, दुःख कति ?
डाक्टरहरु पैसाको पछि लाग्छन् भन्ने आरेप लाग्दै आएको छ । तर यो कुरा मान्दिनन् उनी । डाक्टरले बिरामी नराम्रो होस्, बिग्रियोस भनेर कहिलै चाहँदैनन् । त्यसो गर्दा आफ्नो पेसा ह्याम्पर हुन्छ भन्ने लाग्छ उनलाई । पेसालाई बदनाम गरेर आफूले दुःख गरेर पाएको टाइटल गुमाउन र गाली खान कसलाई मन लाग्छ र उनले भन्ने शब्द हुन् यी । तर पछिल्लो समय यस पेसामा आएका युवा पिढीका केहीले बिरामीको स्वाथ्यमा खेलबाड गर्ने गरेको उनले पाएकी छन् । त्यस्ता व्यक्तिलाई सम्झाउन पछि पर्दिनन् उनी ।
उनी अर्थात् डाक्टर सुधा देवकोटाले २०५२ सालबाट डाक्टरी सेवा सुरु गरेकी हुन् । सुरुमै सुर्खेत कार्यक्षेत्र पाएकी उनी अहिले गार्खा अस्पतालमा मेडिकल सुपरडेन्डेन्डको रुपमा कार्यरत छिन् । विभिन्न आरोह अवरोह पार गर्दै उनी करिब तीन वर्ष अगाडि मात्र गोर्खा अस्पताल आएकी हुन् । यस अगाडि उनले प्युठानमा तीन वर्ष, दाङमा ११ वर्ष र नेपालगञ्जमा १ वर्ष बिताएकी छन् ।
काठमाडौँमै हुर्के बढेकी हुन् उनी । डाक्टरी पेसा अपनाएपछि उनी भ्याली बाहिर काम गर्दै आएकी छन् । त्यसरी बाहिर रहेर काम गर्दा उनले थुप्रै, तीतामीठा अनुभव सँगालेकी छन् । ‘बाहिरको मानिसले डाक्टरलाई भगवान जस्तो ठान्छन् । जे भने पनि मान्छन् ।’ उनले मीठो अनुभव पोखिन् । ‘बाहिर कुनै सुविधा छैन । लाइब्रेरी नहुँदा पढ्न पाइँदैन । क्षेत्रीय तथा केन्द्रीय गोष्ठीहरु आयोजना हुन्छन् । ट्रेनिङ आउँछ । केन्द्रबाट मानिसहरु आउँछन् । त्यसरी आएका मानिस आफूभन्दा कम लेबलका भए पनि हामीले मान्नुपर्छ । हाम्रो भ्यालु हँुदैन ।’ उनले सँगालेका तीता अनुभव हुन् यी ।
‘साथीहरुले क्लिनिक ज्वाइन गरिँन, पैसा कमाइँन भनेर गाली गर्थे मलाई । ती कुरामा कहिलै ध्यान दिइन मैले,’ उनले थपिन् ।
युक्रेनको स्टेट युनिभर्सिटीबाट उनले डाक्टर अध्यायन पूरा गरेकी हुन् । डाक्टर बन्ने उनको बच्चादेखिकै सपना रहेछ । तर आफ्नो सानोमा डाक्टर बन्ने लक्ष्य रहेको अहिले याद नभएका उनीे बताउँछिन् । ‘म सानोमा बुबाको ढाडमा चढेर सलाईको काँटीले घोच्दै सुई लगाउँथे रे । ठूलो भएपछि डाक्टर बन्छु भन्थेँ रे ।’ केही पहिले बुबाले उनलाई बताएको बचपन हो यो ।
‘डाक्टर अध्ययनका क्रममा ममा बेग्लै फूर्ति थियो । डाक्टर उपाधि पाउने बेलामा अचम्म लाग्थ्यो । सँगै अध्यायन गर्ने साथीहरु डाक्टर लेख्ने प्राक्टिक्स गथ्र्याैं । हाँसो गथ्र्यौं । डाक्टर पाउँदा संसार जितेजस्तो लाग्थ्यो’ उनले विगत सम्झिइन् ।
पछिल्लो समय डाक्टरी सेवा पैसासँग पनि दाज्ने गरिएको छ । तर मानव सेवाको अलवा अन्य केहीलाई पनि महत्व दिनन् उनी । ‘सानैदेखि अभाव भन्ने महशुस नभएर पनि होला । पैसाले मेरो जीवनमा कहिलै पनि महत्व पाएन’ उनले भनिन्, ‘साथीहरुले क्लिनिक ज्वाइन गरिँन, पैसा कमाइँन भनेर गाली गर्थे मलाई । ती कुरामा कहिलै ध्यान दिइन मैले,’ उनले थपिन् । करिब २ दशक डाक्टरी पेसामा बिताएकी उनले कामको सिलसिलामा विभिन्न दुःख पनि सहनुपरेको छ । तीमध्येको एउटा घटना उनले अझै भुल्न सकेकी छैनन् ।
डाक्टर पेसाले उनको एउटा रहर खोसिएको छ । त्यो हो परिवारसँग रमाउने । छोरीसँग खेल्ने । छोरी सात वर्षको हुँदादेखि उनले होस्टल राख्दै आएकी छन् ।
घटना म दुर्गममै काम गर्दाको हो । त्यति बेला एकजना महिला चौथो बच्चा जन्माउने सिलसिलामा म कहाँ आउनुभएको थियो । उनको सकुशल बच्चा जन्माउने सबै बाटा बन्द भइसकेका रहेछन् । त्यो अवस्थामा मैले अपरेसन गरेर बच्चा निकालेँ । बच्चा करिब चार केजीको थियो । बच्चा निकाले पनि आमाको युट्रेस धुजाधुजा भएको कन्डिसन निकै खराब थियो । सेवा र सुविधाको अभावले काम गरेको ठाउँमा सिलाउने कन्डिसन थिएन । ढिलो पनि गर्नु नहुने अवस्था थियो । त्यस्तो बेला मैले नेपालगञ्जको मेडिकल कलेजमा फोन गरेर सबै मिलाएर पठाएँ । त्यहाँ अपरेसन भयो । चिन्ताजनक अवस्थामा रहेकी महिला पाठेघर झिकेर बचाइयो । त्यो पनि विनापैसा ।
त्यो अवस्थामा ती महिलाको परिवारले अनावश्यक विभिन्न बखेडा झिकेर आन्दोलन गर्नु भयो । यो अवस्थामा आफूलगायत साथीहरुको ज्यान जोगाउन पनि धौधौ परेको थियो ।’ उनको जीवनको झुल्न नसक्ने घटना हो यो ।
उनको जीवनमा खुसीका क्षणहरु पनि धेरै छन् । तीमध्ये सबैभन्दा धेरै खुसी उनी ०५३ मा भएकी थिइन् । त्यो समय उनको घरमा पहिलो सन्तानको रुपमा छोरी भित्रिएकी थिइन् । दोस्रो खुसीको क्षण उनले लोकसेवा पास गरेको दिन हो । त्यति बेला रसियाबाट पढेकाले केही गर्न सक्दैनन् भन्ने सबैको भनाइ थियो । उनले त्यो भनाइलाई चिर्न सफल भइन् ।
डाक्टर पेसाले उनको एउटा रहर खोसिएको छ । त्यो हो परिवारसँग रमाउने । छोरीसँग खेल्ने । छोरी सात वर्षको हुँदादेखि उनले होस्टल राख्दै आएकी छन् । छोरीको रहर मसँगै बस्ने छ । तर मैले सो रहर पूरा गर्न सकेकी छैन, उनले सुनाइन् ।
राजनीतितिर खासै इन्टे«स्ट नभएकी उनीे देशको नीति नियम बनाउने ठाउँमा पुग्ने इच्छा राख्छिन् । डाक्टरी पेसामा विभिन्न जिल्ला पुग्ने क्रममा उनले महिलाका धेरै समस्य देखेकी छन् । महिला दिनदिनै लुटिएको घटना धेरै थाहा छ उनलाई । महिलाहरुको न्याय र सुरक्षाका लागि उनी बैग्लै नीति नियम बनाउन चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
-
धरपकडबाट संवादतिर प्रधानमन्त्री : सिंहदरबारमा ‘आइस–ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण