शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मृगौला रोग कसरी लाग्छ र कसरी बच्ने ? पढ्नुहोस् विशेषज्ञका सुझाव

बुधबार, १५ मङ्सिर २०७३, १५ : ४४
बुधबार, १५ मङ्सिर २०७३

नेपालमा मृगौला रोगीका बिरामी हरेक बर्ष बढेका छन् । थाहै नपाई मृगौला रोग लाग्ने भएकाले पनि यो रोगका विरामी बढिरहेका छन् । के हो त मृगौला रोग, यो कसरी लाग्छ र यसबाट कसरी बच्ने ?

मृगौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका सुझाब यस्ता छन् :

मृगौला रोग  मृगौला शशीरको अति महत्वपूर्ण अंग हो । यो पेटको पछाडि र ढाडको दुबैतिर सिबीको आकारको ४–५ इन्च लामोे हुन्छ । मृगौलाले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट फाली सफा गर्दछ । यसले रगतमा भएको खनिज र नुनलाई सन्तुलनमा राख्दछ, जसकारण उच्चरक्तचाप लगाएतका विभिन्न रोगबाटलाई नियन्त्रण गर्दछ । मृगौलामा समस्या आएपछि रगतको फोहोर र पानी शशीरमै बस्ने भएकाले विभिन्न समस्या देखापदर्छ । त्यस पछि मृगौलाले काम गर्न छोड्छ यसलाइनै मृगौला रोग वा मृगौला फेल भनिन्छ ।

मृगौलाको काम  –रगतलाई स्वस्थ्य राख्छ, स्वडियम, पोटासीयम, म्याग्नेसियम र फस्फोरसलाई सन्तुलित राख्छ । –रेनिन नामको इन्जाइम उत्पादन गर्छ जसले उच्चरक्तचाप नियन्त्रण गर्छ । –हड्डीलाई अतिआवश्यक भिटामिन डी उत्पादन गर्छ जसले हडड्ी बलियो बनाउँछ । –खानामा भएको काम नलाग्ने कुरा केमिकल र मेडिसिन पिसाबबाट बाहिर निकाल्छ । –यसले रोग प्रतिरोधात्तमक क्षमता वृद्धि गर्छ ।

यस कारण मृगौला रोग लाग्छ

–शशीरमा पानीको मात्र कम हुँदा –निरन्तर झाडापखाला लाग्दा वा बान्ता हुँदा –अत्याधिक गर्मीमा काम गर्दा वा बस्दा –तत्काल दुखाई कम गर्ने एन्टीबायोटिक औषधीको बढी लिदा –अरिङ्गाल वा विच्थ्छिले टोक्दा

मृगौला रोगका लक्षण  –पिसाब धमिलो हुने –धेरै पटक वा कम पिसा लाग्ने – रिङ्गटा लाग्ने, लगातार वालवाकी आउने वा झाडा लागिरहने –हात खुट्टा सुन्निने –छातीको पछाडिपट्टीको भाग सुन्निने –भोक नलाग्ने वा बढी भोक लाग्ने –कुनै पनि रोग लाग्यो भने लामो समयसम्म निको नहुने – छाला चिलाउने ।

रोगको रोगथाम –सर्वप्रथम मृगौला रोग लाग्न नै दिनु हुदैन् । –मृगौलामा ९० प्रतिशत रोग लागिसक्दा पनि थाहा नहुँने भएकोले प्रत्येक वर्ष परीक्षण गराउनुपर्छ । –मधुमेह वा उच्चरक्त चापबाट बच्नुपर्छ । –स्वस्थ्य व्यक्तिले पनि कम्तिमा बर्षको एक चोटी मृगौलाको परीक्षण गर्नु पर्छ । –प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधी सेवन गर्नुहुँदैन् । –धुम्रपान तथा मद्यपानबाट टाडै रहनुपर्छ । –पोषणयुक्त संयमित आहार खानुपर्छ । –नियमित व्यायम गर्नुपर्छ । –बच्चामा प्रत्येक पटक ज्वरो आउँदा पिसाब चेक गराउनुपर्दछ । –विभिन्न परिस्थितिमा एउटा मृगौला झिक्ने गर्दछन, कत्तिपय मानिसले सकेसम्म मृगौला झिक्नु हुँदैन । झिक्नु परे चिकित्सकको सल्लाहा बमोजिम सावधानी अपनाउनुपर्छ । –मृगौला रोग लागि हाल्यो भने चिकित्सकको सल्लाहा बमोजिम औषधी सेवान गर्नुपर्छ ।

अचानक मृगौला कसरी विग्रन्छ ? –मृगौलाले काम नगरेको केही घण्टा वा दिन भएको अवस्थालाई अचानक मृगौला बिग्रिएको भनिन्छ ।

प्रस्तुति  : सर्मिला थापा

आयुर्वेदिक उपचार : यसकारण महत्वपूर्ण छ, तपाईं–हाम्रो जीवनमा

जाडोमा अनुहार तथा छालालाई कसरी राम्रो बनाउने ? जान्नुहोस्, ब्युटिसियनका टिप्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप