अण्डा उसिन्दा नगर्नुहोस् यी गल्ती, यस्तो छ सहि तरिका
अण्डालाई उमाल्दा हामी स–साना गल्ती गर्छौं जसका कारण अण्डा बिचमा नै फुट्ने गर्दछ । यदि केही सजिलो तरिका अपनाए अण्डामा रहेको पोषणलाई पूर्ण सुरक्षित राख्न सक्छौं ।
अण्डा उसिन्नका लागि सबैभन्दा पहिले पानी उमाल्नुहोस् र त्यसमा अण्डा हाल्नुहोस् । यसो गर्दा अण्डा फुट्दैन र पोषक तत्व रहिरहन्छ ।
अण्डालाई कम आँचमा १० मिनेटसम्म उसिन्दा पर्याप्त हुन्छ । यसो गर्दा अण्डाको पूरा पोषकतत्व पाइन्छ ।
अण्डा उम्लिरहेको समयमा नुन हाल्नुहोस् । यसो गर्दा पछि अण्डाको बोक्रा सजिलै निस्कन्छ ।
यदि तपाईं हाफ बोइल्ड अण्डा खान चाहनुहुन्छ भने अण्डालाई तीन–चार मिनेट मात्र उमाल्नुहोस् ।
यदि तपाईं ‘हार्ड बोइल्ड’ अण्डा खान चाहनुहुन्छ भने अण्डालाई १० मिनेटभन्दा बढि उमाल्नुहोस् ।
अण्डालाई उमाल्ने बेला अण्डाल डुब्ने गरी पानी हाल्नुहोस् । पानी कम हुँदा अण्डा फुट्न सक्छ ।
अण्डा उमाल्दा यदि अण्डा भाँडामा टाँसियो भने बोक्रामा भेनेगर हाल्नुहोस् । यसले अण्डालाई पूर्ण रुपमा फुट्नबाट जोगाउँछ ।
अण्डा उसिने लगत्तै तुरुन्त चिसो पानीमा नहाल्नुहोस् । यसो गर्दा अण्डाको नानीको रंग हल्का हुन्छ र स्वाद पनि मिठो हुँदैन ।
अण्डा उसिन्नुभन्दा पहिले यसलाई राम्रोसँग धुनुहोस् ता कि यसको बोक्रामा भएको साल्मोनेला ब्याक्टेरियाको असर पूर्ण रुपमा नष्ट होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
-
धरपकडबाट संवादतिर प्रधानमन्त्री : सिंहदरबारमा ‘आइस–ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण