पछाडि पर्स वा मोवाइल राख्नु यसकारण हानिकारक
सोमबार, २० मङ्सिर २०७३, १३ : ०३
बस्दा हाम्रो शरीरको पुठ्ठा सतहमा रहन्छ । कहिलेकाहीँ बस्ने ठाउँ असहज या धेरै साह्रो हुँदा पुठ्ठामा पीडा महसुस हुन्छ । लामो समयसम्म एकै सिटमा बसिरहँदा पनि पुठ्ठामा दुखाइ हुन्छ । पछाडि खल्तीमा बाक्लो पर्स या कडा वस्तु राखेर बस्दा पीडाको महसुस झन् धेरै हुन्छ । लामो समयको बसाइपछि कुनै वेला गोडा झमझमाउने पनि गर्छ । पुठ्ठामा धेरै दबाब पर्दा शारीरिक असर निम्तिन्छ ?
वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवाल भन्छन्ः
रक्तसञ्चारमा समस्या असहज बसाइ (पकेटमा बाक्लो पर्स, मोबाइल, नमिलेको सिट, कडा सतहलगायत)का कारण पुठ्ठामा दबाब पर्छ । तीन वस्तुले घर्षण दिएको बाहिरी सतहको छालासँगै त्यहाँ भएका स–साना नसामा असर पुग्छ । पुठ्ठामा साना नसा निकै धेरै हुन्छन् । नसामा दबाब परेपछि रक्तसञ्चालनमै समस्या हुन पुग्छ । यस्तो आसनमा लामो समयसम्म बस्दा दुखाइ मात्रै होइन, झमझमाउने समस्या निम्तिन सक्छ ।
गोडाको नसामा असर
पुठ्ठाको भागमा धेरै दबाब या घर्षण हुँदा स–साना नसामा परेको असर गोडामा देखिन पुग्छ । पुठ्ठामा रहेका नसाहरूको सम्बन्ध पुठ्ठाभन्दा तलको भागसँग रहन्छ । त्यसैले पुठ्ठाका नसामा दबाब पर्दा समस्या निम्तिने गोडामा हो । पुठ्ठाभन्दा माथिल्लो भागतिर यसले असर गर्दैन । पुठ्ठामा जति धेरै दबाब पर्छ, खतरा उति नै बढी हुन्छ ।
के गर्ने ?
कहीँ पनि बस्दा पुठ्ठा रगडिने गरी बस्नु हुँदैन । बस्नेक्रममा पछाडि पकेटमा कडा वस्तु राखेर टाइट पार्नु हुँदैन । बसाइलाई सहज बनाउनुपर्ने हुन्छ । असहज बसाइले पुठ्ठामा मात्रै होइन, ढाडमा पनि असर पार्ने गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
-
धरपकडबाट संवादतिर प्रधानमन्त्री : सिंहदरबारमा ‘आइस–ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण