शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

टुथपेस्टका छन् अरु धेरै काम, जान्नुहोस्

बुधबार, २२ मङ्सिर २०७३, १४ : ०९
बुधबार, २२ मङ्सिर २०७३
सबैले जानेको कुरा हो, टुथपेस्टको काम दाँत स्वस्थ राख्ने तथा टल्काउने हो । तर, कमैलाई थाहा होला, टुथपेस्टको काम दाँतबाहेक अन्य प्रयोजनमा पनि छ । यस्ता छन्, टुथपेस्टका केही फरक कामः शरीरको छाला जल्यो भने टुथपेस्ट लगाइदिनुहोस्, दुख्न कम हुन्छ । फोका पनि उठ्न दिँदैन । अनुहारमा डन्डिफोरले सताएको छ भने हरेक दिन राति सुत्नुअघि टुथपेस्ट लगाएर छोडिदिनुहोस् र बिहान उठेपछि पखालिदिनुहोस्, ठीक हुँदै जान्छ । कपडामा लिपस्टिकको दाग लागेको छ र सजिलै गएन भने टुथपेस्ट लगाएर धुनुहोस्, पूरै दाग हट्छ । काँचको टेबलमा चियाकप राख्दा दाग बस्यो भने टुथपेस्टले सफा गर्नुहोस्, तुरुन्तै हट्छ । कागतीसँग मिलाएर टुथपेस्टको फेसप्याक बनाउनुहोस् र अनुहारमा लगाउनुहोस्, डार्क सर्कल र मरेका छाला हटाएर अनुहार नरम र गोरो बनाउँछ । गहना कालो भएको छ भने टुथपेस्ट लगाएर चम्काउन सक्नुहुन्छ । बच्चाले भित्ता कोरेर फोहोर पारिदिएका छन् भने टुथपेस्ट लगाएर हटाउन सक्नुहुन्छ । मेनिक्योर र पेडिक्योरका लागि पार्लर जानु पर्दैन । पानीमा टुथपेस्ट घोलेर घरमै यो काम गर्न सक्नुहुन्छ । घरको ऐना निकै फोहोर छ भने टुथपेस्टले सफा गर्नुहोस्, टिलिक्क टल्किन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप