झाडापखालाले बच्चालाई सताउँदा के गर्ने, के नगर्ने ?
बुधबार, २२ मङ्सिर २०७३, १४ : २२
डा. गणेशकुमार राई, बालरोग विशेषज्ञ
बच्चाहरूको स्वास्थ्य निकै संवेदनशील हुन्छ । दिन–दिनमा फेरबदल भइरहन्छ । उनीहरूको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि खानपान, सफाइलगायतमा थोरै मात्रै तालमेल नमिल्दा समस्या निम्तिन्छ । कहिलेकाहीँ झाडापखालाले पनि बच्चालाई सताएको हुन्छ । अकस्मात् तारन्तार पखाला लाग्न थालेपछि अत्याउने अवस्थामा पुर्याउँछ । तर, वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई यस्तो वेला अभिभावक सचेत हुनुपर्ने सुझाब दिन्छन्ः
हतारमा नदिनुहोस् एन्टिबायोटिक
केही दिन झाडापखाला निरन्तर चल्न थालेपछि अधिकांशले आत्तिएर बच्चालाई एन्टिबायोटिक दिने गरेको पाइन्छ । यस्तो गर्नु हुँदैन । झाडापखाला लाग्न सुरु भएको दुई हप्तासम्म एन्टिबायोटिक नदिनुहोस् । यो अवधिमा परिस्थिति जटिल नै भयो भने चिकित्सकको परामर्शमा मात्रै अगाडि बढ्नुहोस् । दिसामा रगत देखिएमा आउँ परेको हुन सक्छ । यो अवस्थामा स्वास्थ्य संस्थामा लगेर दिसा जाँच गराउनुपर्छ । तर, झाडापखालाको उपचारमा एन्टिबायोटिक चलाउन भने आवश्यक पर्दैन । यसले त बच्चाको रोगप्रतिरोधी क्षमता नै कमजोर बनाइदिन्छ । रोगप्रतिरोधी क्षमता कम हुँदा बच्चामा झनै समस्या निम्तिन सक्छ ।
दिनभर नियाल्नुहोस् कति फेर्छ पिसाब ?
झाडापखाला लाग्दा बच्चाको शरीरमा पानीको मात्रा कम भएको हुन सक्छ । बच्चाले पिसाब गर्ने समयलाई आधार मानेर उसको शरीरको पानीको मात्रा बुझ्नुपर्छ । यो अवस्थामा दिनमा कम्तीमा सातपटक पिसाब फेरेको हुनैपर्छ । बच्चाले कम पिसाब फेरे शरीरमा पानी कम भएको बुझ्नुपर्छ । पानी कम हुँदा उसको मिर्गौलामा असर पर्छ । झोल पदार्थ बढी खुवाउनुपर्छ ।
पोटासियम पुर्याउन खुवाउनुहोस् केरा झाडापखाला लाग्दा बच्चामा पोटासियमको मात्रा कम हुन्छ । पोटासियमको कमीले पेट फुल्छ । यसका लागि पोटासियम पाइने फलफूल खुवाउनुपर्छ । केरा पोटासियमको राम्रो स्रोत हो ।
दुई हप्ता नाघे लैजानुहोस् अस्पताल बच्चालाई दुई हप्तासम्म पनि झाडापखाला रोकिएन भने अब अस्पताल लैजानुहोस् । यसको पछाडि कुनै फरक समस्या हुन सक्छ । दुई हप्ता नाघेको झाडापखालालाई दीर्घ अर्थात् क्रोनिक डायरिया भनिन्छ । यस्तो अवस्थामा पहिले झाडापखालाको कारण पत्ता लगाउनुपर्छ । कारण पहिचान भएपछि औषधि चलाउनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण