शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

रुघाखोकी लाग्दा यसरी हुनुहोस् आफैँ डाक्टर

शुक्रबार, २४ मङ्सिर २०७३, १० : ३६
शुक्रबार, २४ मङ्सिर २०७३
डा. महेन्द्रबहादुर विष्ट पूर्वनिर्देशक स्वास्थ्य सेवा विभाग भन्ने गरिन्छ, रुघाखोकी लाग्दा एन्टिबायोटिक चढाए निको हुन एक हप्ता लाग्छ, घरेलु उपचार तथा आराम गरे सात दिनमा ठीक हुन्छ । मतलब यो हो कि रुघाखोकीलाई एन्टिबायोटिक चढाउनुभन्दा घरमै केयर गर्नु उत्तम हुन्छ । चिसो मौसममा त रुघाखोकीले झनै बढी सताउँछ । यस्तो वेला आफैँ डाक्टर बनेर उपचार गर्न सकिन्छ १. रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुने गर्छ । कफ जमेको छ भने छाती गह्रौँ हुन्छ र खोकी पनि लागिरहन्छ । यस्तो अवस्थामा बिहान घरबाहिर निस्किने वेला र बेलुकी सुत्नुअघि बाफ लिनु राम्रो हुन्छ । बाफले टालिएको नाक खुलाउने तथा कफ बाहिर निकालेर खोकी कम गराउन भूमिका खेल्छ । २. हाँछ्यु गर्दा आफ्नै नाकले कुनै दुर्गन्ध महसुस गर्छ भने पिनास भएको बुझ्नुपर्छ । यस्तो अवस्थामा पनि पानीको बाफले आराम गर्छ । ३. तातो पानी पिइरहने, तातो रसयुक्त खानेकुरा खाने गर्नुपर्छ । जाँड–रक्सी, तारेको मासु र दूधजन्य पदार्थ खानु हुँदैन । यस्ता कुराले कफ बढाएर खोकीको समस्या झन् लम्ब्याउँछ । ४. कफले सताएको रुघाखोकीमा अदुवाको रस र मह बराबर मात्रा मिलाएर ठूलो एक चम्चाबराबर बिहान–बेलुका सेवन गरे फाइदा गर्छ । मह र कागतीको रस बराबर मात्रामा मिलाएर खान पनि सकिन्छ । ५. तीन केस्रा लसुन पिसेर एक ठूलो चम्चा महमा १२ घन्टासम्म मिसाएर राख्ने अनि बिहान–बेलुकी सेवन गर्दा रुखाखोकीमा फाइदा गर्छ । ६. एक चियाचम्चाभन्दा कम अदुवा, तुलसीको पात या रस र एक चियाचम्चा पिसेको अदुवा पकाएर पिउँदा पनि रुघाखोकीमा आराम दिन्छ । खोकीले सताउँदा बेसारले त झनै ठूलो आराम दिन्छ ।   नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप