धुम्रपान नगर्नेलाई पनि हुनसक्छ फोक्सोको क्यान्सर
न्युायोर्क – एस्ली रिभास २६ वर्षकी थिइन् जब उनले आफू मोर्निङ वाक गर्दा चाँडै थाक्ने गरेको महसुस गरिन् । न्यु मेक्सिकोमा एक्स रे टेक्निसियन उनी त्यसको केही वर्षमा लगातार रुघा–खोकीले ग्रस्त भइरहिन् । डाक्टरहरुले शुरुमा उनलाई व्यायामका कारण दम भएको बताए । तर, पछि उनीमा अन्य लक्षणहरु पनि देखिए, जस्तै, तौलमा कमी, ज्वरो र निमोनिया ।
त्यसपछि मात्र रिभासले आफ्नो छातीको एक्सरे गर्ने निधो गरिन् । यतिबेलासम्म उनलाई आफूलाई क्यान्सर भएको हुनसक्ने सोचेकी पनि थिइनन् । जब एक्स रे गरियो, उनको दाहिने फोक्सोमा केही रहेको देखियो । जुन ट्युमर रहेको पत्ता लाग्यो । यतिबेला उनी ३२ वर्षकी भएकी थिइन् र जीवनमा एकपटक पनि धुम्रपान गरेकी थिइनन् । ‘म मानिसहरुलाई भन्न चाहन्छु, फोक्सोको क्यान्सर जसलाई पनि हुनसक्छ,’ उनी भन्छिन् ।
रिभासले अहिले अमेरिकन लङ एसोसियन नामक संस्थामा आबद्ध छिन् । संस्थाले शुरु गरेको लङ फोर्स अभियानमा रहेर उनले फोक्सोको क्यान्सर धुम्रपान गर्नेलाई मात्र नहुने, जो कोहीलाई पनि हुन सक्ने सन्देश फैलाउने काम गरिरहेकी छिन् ।
‘फोक्सोको क्यान्सर हुनेहरुमध्ये धेरैले चुरोट वा खैनी खाने गरेको पाइन्छ,’ संस्थाकी प्रवक्ता तथा लाहे अस्पताल मेडिकल सेन्टरमा रेडिएसन अनकोलोजीकी प्रमुख तथा एमडी एन्ड्रिया म्याककी भन्छिन्, ‘तर, १५ प्रतिशत फोक्सोको क्यान्सरका बिरामीले कहिल्यै चुरोट नखाएको पनि पाइन्छ । उनीहरुको उमेर निकै कम पनि हुने गरेको छ ।’
डा. म्याककीका अनुसार धुम्रपानबाहेक परिवारमा कसैलाई यस्तो रोग भए वा हावालाई प्रदुषित गराउने आर्सनिक, रेडन डिजेलको धुँवा लगायतको सम्पर्कमा आउँदा पनि फोक्सोको क्यान्सर हुनसक्छ ।
फोक्सोको क्यान्सरकै विश्वमा धेरैले ज्यन गुमाउने गरेका छन् । अझ महिलामा स्तन, ओभरियन र पाठेघरको क्यान्सरले एकमुस्टभन्दा फोक्सोको क्यान्सर एक्लैका कारण धेरैले ज्यान गुमाउने गरेका छन् ।
यदी चाँडो पत्ता लगाउने हो भने यसको सफल उपचार पनि सम्भव रहेको डा. म्याककी बताउँछिन् । भाग्यवस रिभासको पनि शुरुवाती चरणकै क्यान्सर थियो । उनको ट्युमर सन् २०१३ मा हटाइयो । गत वर्ष उनले हाफ म्याराथनमा समेत भाग लिइन् ।
यद्यपि, १६ प्रतिशत क्यान्सर मात्र पहिलो चरणमा पत्ता लाग्ने गरेको छ । ‘हाम्रो फोक्सोको बीचमा ७ देखि ८ मिलिमिटरको सानो ट्युमर फोक्सोको मध्यभागमा रहेको हुन्छ । जसले कुनै लक्षणहरु देखापर्दैन,’ डा. म्याककी भन्छिन् ‘ट्युमर ठूलो भएर श्वास प्रश्वासमा समस्या भएपछि मात्र यो पत्ता लाग्ने गरेको छ ।’
मार्लो पलासियोले यस्तै समया भागे सन् २०१३ मा । क्लालिफोर्नियाको प्यासेडिनामा समाजसेवी रहेकी उनलाई ६ हप्तासम्म निरन्तर खोकी लागेपछि जचाउँदा स्टेज ४ को क्यानसर लागेको पत्ता लाग्यो । ३९ वर्षीय उनी पनि धुम्रमान गर्दैन थिइन् ।
डा. म्याककी यसबारे जागरुकता जगाउन सके रोगलाई चाँडो पत्ता लगाई धेरैको ज्यान जोगाउन सकिने बताउँछिन् । जति चाँडो यो रोग पत्ता लागे त्यतिनै उपचार सफल हुने सम्भावना बढी हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण