नवजात शिशुको हेरचाह कसरी गर्ने ? विशेषज्ञका सुझाव
नवजात शिशु अवस्था सबैभन्दा संवेदनशील उमेर हो । जन्मदेखि २८ दिन वा १ मिहनासम्मको उमेरलाई नवजात शिशु अवस्था भनिन्छ । यस उमेरमा बालकलाई बाहिरी वातवरणमा समायोजन हुन निकै कठिन हुन्छ । विशेष हेरचाहा र वातवरणमा समायोजन हुन नसकेकै कारण धेरै शिशुको मृत्यु हुने गरेको छ । नेपालको सन्दर्भमा हजार नवजात शिशुमा ४० को मृत्यु हुनेगरेको छ । यस अवस्थामा शिशुलाई कसरी स्वस्थ्थ राख्ने विशेषज्ञ डाक्टर विनोदकुमार शाह यसो भन्छन् :
नवजात शिशु अवस्था बढी संवेदनशील उमेर हुनुको कारणः –गर्भावस्थामा पूर्ण रुपमा आमामा निर्भर भए पनि बच्चाले यो अवस्थाबाट आत्मनिर्भरतर्फ केन्द्रित हुनुपर्छ । –पहिलो पटक बाहिरी वातवरणमा घुलमिल हुनुपरेकाले चिसो र सबै कुराबाट बच्न मुस्किल हुन्छ । –आफ्नो खानाका लागि आफै तयार हुनुपर्छ । (आमाको दूध चुस्ने) –यस अवस्थाको पहिलो चरणमा सालनालसहित हुने भएकाले विशेष सवाधानी नअपनाए विभिन्न खालका सङ्क्रमण भई शिशुको मृत्युसम्म हुनसक्छ ।
यो अवस्थाका लागि आमाको दूध अमृतसमान मानिनुको कारण : –शिशु जन्मिएको आधा घण्टाभित्र स्थानपान अर्थात आमाको दूध खुवाइ सक्कनु पर्छ । आमाको पहिलो बेगौती दूध खुवाउँदा शिशुको शरीरभरी पुग्छ । –बिगौती दूध शिशुका लागि पहिलो खोपसरह मानिन्छ । –यही दूधले नै शिशुमा रोगप्रतिरोधात्मक क्षमताको रक्षा गरी शिशुलाई स्वस्थ्य राख्ने काम गर्छ । –यस्तो दूधमा भिटामिन ए प्रशस्त पाइने हुँदा शिशुको आन्द्रा तथा नसाहरु परिपक्व बनाउन सहयोग गर्छ ।
यस कारण नवजात शिशु अवस्था जीवनको निर्धारक भनिन्छ । यो अवस्था शिशुको हरेक क्रियाकलापका लागि नौलो र चुनौतीपूर्ण अवस्था हो । शिशुको साल, नाल काट्दा विशेष सावधानी अपनाइएन भने विभिन्न खालको सङ्क्रमण भई दीर्घ रोग लाग्नाका साथै शिशुको मृत्युसमेत हुन सक्छ ।
यस अवस्थामा देखापर्ने मुख्य समस्या : –शिशुलाई नयाँ वातवरणमा समायोजन हुन गाह्रो हुने । –पूरा उमेर नपुगी जन्मिएको भए सबै अङ्ग पूर्ण रुपमा विकसित भइनसकेको हुनसक्छ । जसले गर्दा विभिन्न समस्या आउनसक्छ । –शिशुलाई श्वास फेर्न, दूध चुस्ने समस्या हुनका साथै आँखा, कानमा समस्या देखिने । –विशेष हेरचाहा पु¥याइएन भने छालामा एलर्जी आउन सक्छ । –नाभी वा नाइटोमा बढी ध्यान दिनुपर्छ । नाभीबाट रगत बग्ने वा पाक्ने सम्भावना बढी हुन्छ ।
यस अवस्थामा अभिभावकले ध्यान दिनुपर्ने कुरा ः: –यो अवस्थामा आमा तथा अभिभावकले शिशुका लागि विशेष ध्यान दिनुपर्छ । –आमाले शिशुलाई स्थानपान गराउनु पहिले नै दूधलाई राम्ररी सफा गरी जन्मिएको आधा अण्टाभित्र दूध चुसाउनुपर्छ । –जन्मने बितिकै नुहाउनुहुदैन् । सफा कपडाले पुछ्नुपर्छ । –आमा र शिशु दुवैको स्वास्थ्यमा बढी सचेत हुपर्छ । –शिशुलार्ई दुई घण्टको फरकमा दूध चुसाउनुपर्छ । –नाइटो पाक्ने, दूध नचुस्ने, पिसा कम फेर्ने, बढी रुने लगायतका समस्या देखिए तत्काल अस्पताल लैजानुपर्छ । –तातो पार्ने नाममा झ्याल ढोका बन्द गरेर आगो, हिटर वा ब्रिकेट केहीमा पनि सेक्नु हुँदैन् । अक्सिजन खुल्ला छिर्ने ठाउँ हुनुपर्छ । –आँखामा गाजल, कान वा नाइटोमा तेल लगाउनु हुँदैन । यसो गर्दा विभिन्न खालका सङ्क्रमण देखिन सक्छ । –सुत्केरी हुँदा अप्रेसन गरेको परिस्थितिमा वा विशेष कारणले शिशुले दूध खान पाएन भने ल्याक्टोजिन वा गाईको दूध विशेष सरसफाई गरेर चिकित्सकको सल्लाहा बमोजिम खुवाउनुपर्छ ।
प्रस्तुति : सर्मिला थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण