शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

औषधीबिना उच्च रक्तचाप नियन्त्रण गर्ने यी १० टिप्स

आइतबार, २६ मङ्सिर २०७३, १२ : ०४
आइतबार, २६ मङ्सिर २०७३

उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिन्छ । यसले कुनै लक्षण नदेखाई तपाईंलाई भित्र भित्रै गम्भीर रोगको शिकार बनाएको हुन्छ । यसमा रक्तसंचार ‘लो वा हाई’ हुने गर्दछ । यदि तपाईं औषधी बिना नै आफ्नो रक्तचाप नियन्त्रणमा राख्न चाहनुहुन्छ भने यहाँ दिइएका १० टिप्स अपनाउनुहोस् ।

सलाद खानुहोस्ः खानामा धेरैभन्दा धेरै सलादको प्रयोग गर्नुहोस् । यसले नुन खाने इच्छामा कमी ल्याउँछ र रक्तचाप नियन्त्रणमा हुनेछ ।

कागती पानीः दैनिक एक ग्लास कागती पानी पिउनुहोस् । यसमा रहेको एन्टिअक्सिडेन्टले रक्तसंचारलाई सुधार्छ र भिटामिन सिले प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।

नुन कम खानुहोस्ः नुनमा सोडियमको मात्रा धेरै हुन्छ जसले रक्तचाप बढाउन सहयोग गर्दछ । दिनभरी ३ ग्रामभन्दा बढि नुन खानुहुँदैन ।

पर्याप्त सुत्नुहोस्ः निन्द्रामा कमी हुँदा तनाव बढ्छ । यसले रक्तचापको समस्या निम्त्याउन सक्छ । यसबाट बच्नका लागि दैनिक ७ देखि ८ घण्टाको पर्याप्त निन्द्रा लिनुहोस् ।

अमला र महः दैनिक एक चम्चा अमलाको रस र मह मिसाएर पिउनुहोस् । यसमा पर्याप्त भिटामिन सी र एन्टिअक्सिडेन्ट्स हुन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्छ ।

योग र प्राणायामः दैनिक ३० मिनेट योग र प्राणायाम गर्नुहोस् । यसले शरिरको अक्सिजन इन्टेक बढ्नेछ र रक्तचाप नियन्त्रणमा रहनेछ ।

डाइटः जंक र फास्ट फुड बढि खाँदा रक्तचाप बढ्छ । यसलाई सकेसम्म बच्नुहोस् ।

गीत सुन्नुहोस्ः गीत सुन्दा दिमाग आनन्दित हुन्छ । यसले स्ट्रेसलाई घटाउँछ । दैनिक १५ देखि २० मिनेट मधुर संगीत सुनेर रक्तचापको समस्यालाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

व्यायामः दैनिक मर्निङ वाक र व्यायाम गर्नुहोस् । यसले रक्तसंचार सही तरिकाले हुनेछ र रक्तचाप पनि नियन्त्रणमा ल्याउन मद्दत गर्दछ ।

नशालु पदार्थबाट टाढा रहनुहोस्ः रक्सीजन्य पेय पदार्थको सेवन र धुम्रपान नगर्नुहोस् । यसले शरिरमा कार्टिसोल नामक स्ट्रेस हर्मोन रिलिज हुन थाल्छ । यसले रक्तचापलाई बढाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप