शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

तपाईंलाई थाइराइड भएको छ ? विशेषज्ञका अनुसार यसो गर्नुस्

आइतबार, २६ मङ्सिर २०७३, १२ : २६
आइतबार, २६ मङ्सिर २०७३
नेपाललगायत विश्वभरि नै थाइराइडका बिरामी बढिरहेका छन् । जीवन भोगाइमा विलासीपन र अस्वस्थ्य खानपानका कारण थाइराइडको सङ्क्रमण बढ्दो छ । के हो थाइराइड ? कसरी लाग्छ र कसरी बच्ने विशेषज्ञ डाक्टर सन्देश पन्थीका यस्ता छन् सुझाव : थाइराइड के हो ? थाइराइड आफैमा कुनै रोग होइन । यो त हर्मोन उत्पादन गर्ने ग्रन्थी हो । यो सबैभन्दा महत्वपूर्ण ग्रन्थी भएकाले यसलाई शरीरको साँचो पनि भन्निछ । घाँटीको अघिल्लो भागमा रहेको यसले उत्पादन गर्ने हर्मोन कम वा बढी भयो भने नकारात्मक असर गर्दछ । थाइराइड ग्रन्थीले नै शरीरका सबै अङ्गको निगरानी गरेको हुन्छ । यसले धेरै हर्मोन उत्पादन गर्दा ग्रन्थीले कम काम गर्छ । जसका कारण नियन्त्रित वृद्धि विकास रोकिन्छ, यसैलाई थाइराइड भयो भनिन्छ । थाइराइड हुनुका मुख्य कारण : १. शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमी हुनु । २. शरीरमा आयोडिनको कमी हुनु । ३. खानामा रासायनिक पदार्थ धेरै हुनु । ४. मुटु वा डिप्रेसनको औषधी बढी सेवन गर्नु । थाइराइडका लक्षण : १. थाइराइडले बढी हर्मोन उत्पादन गर्दा, खाना कम खानु । तर कम खाए पनि बढी मोटाउँदै जानु । २. बच्चाहरुमा मोटोपन बढे पनि उचाइ र मानसिक अवस्था विकास नहुनु । ३. महिलाहरुमा भयो भने अधिकांशको गर्भ रहँदैन । यदि गर्भ रहिहाल्यो भने पनि खेरजाने सम्भावना बढी हुन्छ । ४. कम हर्मोन उत्पादन हुँदा खाना बढी खानु । तर शरीर दुब्लाउँदै जानु । ५. कपाल झर्नु, आलस्यपन बढ्दै जानु, कसैमा गलागाँड आउने, छाला फुस्रो हुने । ६. महिलाहरुमा महिनावरी समयमा नहुने । यस्ता मानिसलाई बढी थाइराइड हुन्छ : थाइराइड सबै उमेर समूहका मानिसलाई हुन्छ । तर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । विभिन्न खोज अनुसन्धान तथा तथ्यका आधारमा हेर्दा १० जना मानिसमा ९ जना महिलामा र १ पुरुषमा थाइराइड हुने गरेको देखिन्छ । महिलाहरुमा बढी देखिनुको कारण यस्तो छ : पुरुषको तुलनामा महिलाको शारीरिक अवस्था अलि संवेदनशील हुन्छ । महिलाको शरीरमा सहजै हर्मोन तलमाथि हुने भएकाले पनि बढी लाग्छ । बच्चा जन्माउने सोच भएका महिलाले चिकित्सकको सल्लाहा बमोजित उपचार गरी बच्चा जन्माउन सकिन्छ । खाना हुने र नहुने कुरा : थाइराइड हुँदा धेरै मुख बानुपर्ने केही छैन । तर काउली, बन्दालगाएतका एसिड भएका खानेकुरा खानु हुँदैन् । भिटामिन ए र आयोडिन भएका खाने कुरा खानु राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप