कपाल प्रत्यारोपण यसरी हुन्छ
सोमबार, २७ मङ्सिर २०७३, १० : २८
डा. धर्मेन्द्र कर्ण छालारोग तथा सौन्दर्य विशेषज्ञ धुलिखेल अस्पताल
विश्वमा सन् १९५० बाट मानिसमा कपाल प्रत्यारोपण गर्न सुरु गरिएको हो । त्यसयता नेपालमा पनि कपाल प्रत्यारोपण गर्ने थुप्रै प्रयास नभएका होइनन् । तर, तिनीहरू सबै पुराना स्रोत साधनबाट भएका थिए । कपाल प्रत्यारोपण गर्न पछिल्ला समय नयाँ–नयाँ प्रविधिको आविष्कार पनि विश्वबजारमा भइरहेका छन् । विश्वका सम्पन्न देशहरूमा सोही प्रविधिका आधारमा उपचार भइरहेका छन् । तर, हाम्रोजस्तो अविकसित देशहरूमा भने नयाँ–नयाँ प्रविधि भित्र्याउन समस्या नै छ । कपाल प्रत्यारोपणसम्बन्धी तालिम लिन सन् २०१३ मा एक वर्ष इजरायल बस्दा त्यस्ता प्रविधिसम्बन्धी धेरै ज्ञान तथा अनुभव हासिल गर्ने सौभाग्य प्राप्त भयो । त्यसैका आधारमा इजरायलबाट स्वदेश फर्केलगत्तै हामीले एउटा टिम बनायौँ । सो टिमलाई स्किल ल्याबमा लगेर मृत शरीरमा कपाल प्रत्यारोपण गर्न सिकायौँ । त्यसपछि जनावरमा सफल परीक्षण गरेर मानिसमा कपाल प्रत्यारोपण सुरु गर्दै आएका छौँ ।
पोलेको दागबाट सुरु
कपाल प्रत्यारोपण मृत शरीर, जनावर हुँदै मानिसको शरीरको पोलेको भागमा प्रत्यारोपण सुरु गरिएको हो । नेपालमा प्रत्यारोपण सफल हुँदै जाँदा हालसम्म ३५ जना चिकित्सकले कपाल प्रत्यारोपणबारे आवश्यक तालिम हासिल गरिसकेका छन् । कपाल प्रत्यारोपण गर्नु अध्ययन मात्र गरेर सम्भव हुँदैन । मैले पनि लामो अध्ययन र तालिमपछि मात्रै २०१६ बाट नेपालमा औपचारिक रूपमा प्रत्यारोपण सुरु गरेको हो । एक वर्षको अन्तरालमा एक सयजनाभन्दा बढी मानिसको सफल कपाल प्रत्यारोपण गरिसकिएको छ ।
तालुमा गरिन्छ प्रत्यारोपण
सामान्यतया कपाल प्रत्यारोपण पछाडिको भागभन्दा तालुमा गरिन्छ । कपाल झर्नु कुनै रोग नभएर जिनमा पनि भर पर्छ । एक प्रकारको जेनेटिक इन्जाइमले निधार र तालुको बाक्लो कपाललाई पातलो बनाउने काम गर्छ । यो इन्जाइमले गर्दा २० वर्षको उमेरपछि कपाल झर्दै पातलो हुँदै जाने सम्भावना रहन्छ । कतिपयले यसलाई मानसिक रोगको संज्ञासमेत दिने गरेका छन् । कपाल प्रत्यारोपण गर्नु खर्चिलो पनि हुने कारण जो–कोहीले गर्दैनन् । विशेषगरी व्यवसायी, एनआरएन, कलाकारलगायतका पब्लिक फिगरहरूले प्रत्यारोपण बढी गरिरहेका छन् ।
कसरी रोपिन्छ कपाल ? कपाल रोप्न पहिला बेर्ना तयार पारिन्छ । सामान्यतया सबै मानिसको टाउकोको पछाडिपट्टिको भागमा धेरै कपाल रहन्छ । त्यसैले सो स्थानको कपाल निकालेर २० डिग्री सेन्टिग्रेड तापक्रमभित्र राखेर ६ घन्टाभित्रै अर्को स्थानमा प्रत्यारोपण गरिसक्नुपर्छ । त्यतिन्जेल कपाललाई मर्न नदिन स्लाइन पानीमा राखिन्छ । ‘प्रतिवर्गसेन्टिमिटरमा ४० देखि ५० वटा बेर्ना रोपिन्छ ।
कपाल रोप्ने दुई तरिका
टाउकोमा कपाल प्रत्यारोपण दुई तरिकाले गर्न सकिन्छ । पहिलो तरिकाबाट छाला काटेर प्रत्यारोपण गरिन्छ भने दोस्रो तरिका भनेको मेसिनबाट गर्ने प्रत्यारोपण हो । नेपालमा यी दुवै तरिकाबाट प्रत्यारोपण भइरहेका छन् । छाला काटेर प्रत्यारोपण गर्दा टाँका लगाउनुपर्छ । त्यस्तै, अर्को मेसिनबाट गर्दा केही सहज हुन्छ
छाला काटेर कपाल रोप्दा
कपाल रोपेको स्थानमा खत बस्न सक्छ । एक–दुई हप्ता दुख्न सक्छ । रगत धेरै बग्ने सम्भावना रहन्छ । काममा फर्कनलाई दुई हप्ता लाग्न सक्छ । मेसिनबाट रोप्दा कपाल रोपेको ठाउँमा टाँका लगाउनु पर्दैन ।
मेसिनको प्रयोग गर्दा
केही सहज हुन्छ र एक–दुई दिन मात्रै दुख्ने हुन्छ । सामान्य रगत मात्र बग्छ । चाँडै निको हुने कारण काममा चाँडै फर्कन सकिन्छ ।
प्रत्यारोपण कत्तिको खर्चिलो ? टाउकोमा कपाल प्रत्यारोपण गर्नु महँगोभन्दा पनि आवश्यकता र चाहनाले फरक पर्ने हो । प्रत्यारोपण सुरु हुँदा प्रतिकपाल ३० रुपैयाँले शुल्क लाग्ने गथ्र्यो । तर, अहिले मूल्यवृद्धि भएकाले प्रतिकपाल ८० रुपैयाँ पुर्याइएको छ । नेपाल सरकारले पटक–पटक कर बढाएका कारण केही महँगो पर्न गएको हो । प्रत्यारोपण गर्न आवश्यक सम्पूर्ण सामग्री अमेरिकाबाट आयात हुन्छ । एकजनाको प्रत्यारोपण गर्न बिहान ४ देखि बेलुका ७ बजेसम्म पनि समय लाग्ने हुँदा केही महँगोजस्तो देखिएको हो ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण