शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गहना राख्ने यो हो राम्रो तरिका

बुधबार, २९ मङ्सिर २०७३, १० : ४६
बुधबार, २९ मङ्सिर २०७३
घनश्याम रिजाल, उपाध्यक्ष, नेपाल सुन–चाँदी कला व्यवसायी संघ गहनाको चमक कायम राख्न सुरक्षित तरिकाले स्टोर गर्नुपर्छ । धुलो, धुवाँ र अन्य धातुहरूको सम्पर्कले गहनाको चमकमा असर पर्न सक्छ । गहनाको वास्तविक चमक कायम राख्न भण्डारणका विभिन्न उपाय अपनाउन सकिन्छ । गहनाको बनोट र प्रकृतिअनुसार छुट्टाछुट्टै स्टोर गर्नुपर्ने हुन्छ । विभिन्न प्रकारको नेकलेस वा हार एकै ठाउँमा राख्दा बिग्रने सम्भावना हुन्छ । विशेष प्रकारको स्ट्यान्ड बनाएर राख्दा यस्तो समस्याबाट बच्न सकिन्छ । नेकलेस लामो हुने हुँदा अल्झेर चुँडिन नदिन कुण्डली बनाएर बट्टामा राख्न सकिन्छ । बलियो खालको नेकलेस भएमा झुन्ड्याएर राख्दा उपयुक्त हुन्छ । साना गहना ज्यादै कमजोर हुने भएकाले सावधानीपूर्वक राख्नुपर्छ । यस्ता गहनालाई सुती अथवा मखमलको डिब्बामा राख्नुपर्छ । गहनामा घर्षण हुन नदिन र त्यसबाट हुने नोक्सानबाट यसरी बचाउन सकिन्छ । चुरालाई त्यसको प्रकार जस्तै– सिसा, प्लास्टिक, सुन, चाँदीअनुसार स्टोर गरेर राख्नुपर्छ । धेरै खण्ड भएको एउटै डिब्बामा त्यसलाई राखेर स्टोर गर्न सकिन्छ । त्यसरी राख्दा गहना धेरै टिकाउ हुन्छ । कानमा लगाउने सानो वा ठूलो दुवै प्रकारका झुम्कालाई पनि उपयुक्त तरिकाले स्टोर गर्नुपर्छ । यसलाई राम्रो डिजाइनमा अड्काएर अथवा बट्टामा राख्न सकिन्छ । औँठी, ब्रासलेटजस्ता गहना पनि बट्टामा हालेर राख्न सकिन्छ । घरमा उपलब्ध भएका सामान प्रयोग गरेर पनि यस्ता गहना सुरक्षित राख्न सकिन्छ । मोतीका गहना स्टोर गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । पसिना र अन्य कारणले मोती छिटै बिग्रन सक्ने भएकाले बढी सतर्कता अपनाउनुपर्छ । यसको प्रयोग गरेपछि कपडा वा पेपरले पुछेर राख्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप