जाडो तथा शीतलहरबाट जोगिन के गर्ने ? यसो भन्छन् विशेषज्ञ डाक्टर
जाडो मौसम सुरु भएको छ । जाडो बढेसँगै विशेषगरी तराईका जिल्लामा शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ । गरिबी, अशिक्षा र स्वास्थ्यमा विशेष ख्याल नगर्दा शीतलहरकै कारण बर्सेनि धेरैको मृत्यु हुने गरेको छ । जाडो वा शीतलहरबाट बसरी बच्ने विशेषज्ञ डाक्टर रवि महत यसो भन्छन्ः
मौसम बढी चिसो हुनु वा शरीरलाई चाहिने तापक्रमभन्दा ज्यादै कम तापक्रम भई हुस्सेसँगै पानी बहनुलाई शीतलहर भनिन्छ । शीतलहर वा बढी चिसोको बेला विशेष गरेर बच्चा र वृद्धाहरुलाई असर पर्छ । किनभने उनीहरुमा तापक्रम समायोजन गर्ने क्षमता कम हुन्छ । सहजै सबै वातवरणमा समायोजन हुन गाह्रो हुन्छ । शीतलहरका बेला बढी देखिने समस्याः १. दम, टिभी, निमोनियालगायत दीर्घ रोग भएका व्यक्तिलाई चिसोको समयमा श्वास फेर्न अप्ठ्यारो हुने, खाना खाना गाह्रो हुने, खानेकुरा नपच्ने जस्ता समस्या देखापर्छन् । त्यस कारण यस्ता व्यक्ति बढी सचेत हुनुपर्छ । प्रायजसो तराईका जिल्लामा हुस्सु र तुवाँलोले घाम नै देखा पर्दैन । जसले गर्दा कठ्याङ्ग्रिएर ज्यान नै जानसक्ने खतरा हुन्छ । शीतलहर चल्दा वा बढी चिसोको बेला यसो गर्नेः
१. न्यायो कपडा लगाउने । २. हुस्सु वा तुवालो लागेको बेला सम्भव भएसम्म घरबाहिर ननिस्कने । ३. तातो तातो झोलिलो कुरा खाने । ४. एकै चोटि धेरै खानुभन्दा पटक पटक खानेकुरा खाने । ५. हरियो सागपात तथा सिजन अनुसारको फलफूल खाने । ६. शरीर तताउन भन्दै कसैले धूमपान वा मध्यपानको सेवन गर्छन्, यसो गर्नु हुन्न । ७. वृद्धावृद्धलाई निमोनिया हुन नदिने खोप पाइन्छ, यस्तो खोप लगाउने । ८. सवारी साधान चलाउनु परेमा विशेष सावाधानी अपनाउने । ९. न्यानोको पार्न भन्दै झ्याल ढेका बन्द गरेर आगो, हिटर वा ब्रिगेट बाल्नु हुँदैन । कतिपय व्यक्तिले यसो गर्दा अक्सिजनको कमी भई मृत्युसम्म हुने गर्दछ । १०. प्रायजसो तराईका विभिन्न स्थानमा पातालो कपडामा सडकमै आगो तापेर बस्ने गरेको पाइन्छ । जसको आर्थिक अवस्था कमजोर छ उनीहरुलाई चिसोबाट बचाउन सक्दो सहयोग गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण