सधैं खुसी हुनेहरुले के खान्छन् ? थाहा पाउनुस् यस्ता ८ HAPPY FOOD
यस्ता थुप्रै खानेकुरा हुन्छन् जसले खराब मुड, डिप्रेसन र स्ट्रेसलाई भगाएर खुसी महसुस गराउँछ । मनोवैज्ञानिक डा. रुमा भट्टाचार्यका अनुसार खानपिनले पनि मानिसको मूडमा ठूलो असर पुर्याउने गर्दछ । खानेकुरामा पाइने भिटामिन, मिनरल्स, एसिड्स र केमिकलले दिमागमा रहेको हर्मोनलाई एक्टिभ गरेर हाम्रो मुडलाई प्रभावित गर्दछ । आज हामी तपाईंलाई यस्ता ८ खानेकुरा बारे जानकारी दिँदै छौं जसलाई नियमित खाँदा मूड राम्रो हुन्छ । खुसी हुने मानिसहरुले धेरैजसो यी खानेकुरा खान्छन् ।
केराः यसमा भिटामिन, मिनरल्स र फाइबरका साथै स्वस्थ कार्बोहाइड्रेट हुने गर्दछ । यसले रगतमा चिनीको मात्रालाई बढाएर मुड राम्रो बनाउँछ ।
ओखरः यसमा स्वस्थ मोनोस्याचुरेटेड फ्याट र प्रोटिनका साथै ओमेगा–थ्री फ्याटी एसिड हुन्छ जसले मूड राम्रो बनाएर डिप्रेसन भगाउँछ ।
आलसः यसमा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ जसले डिप्रेसनलाई हटाएर दिमागलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
डार्क चक्लेटः यो प्राकृतिक एन्टिडिप्रेसेन्ट हो । यसले सेरोटोनिनलाई रिलिज गरेर मुडलाई राम्रो बनाउँछ र डिप्रेसन बढाउने कार्टिसोल हर्मोनको लेवललाई घटाउँछ ।
बेसार हालिएको दुधः दुधमा क्याल्सियम र भिटामिन डी हुन्छ । यस्तै बेसारमा टर्मेरन्स र कक्र्युमिनड्स हुन्छ जसले मुडलाई राम्रो बनाउन सहयोग गर्दछ ।
ग्रीन टीः यसमा पाइने एन्टी अक्सिडेन्ट र थियानाइन नामक अमिनो एसिड डिप्रेसन र तनावलाई कम गर्दछ । मूड राम्रो बनाउँछ ।
ओट्सः यसमा पाइने हाई फाइबर कार्बोहाइड्रेटले स्वास्थ्यमा सकारात्मक असर पुर्याउनुका साथै र मुडलाई राम्रो बनाउन सहयोग गर्दछ ।
माछाः यसमा ओमेगा – थ्री फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यसले दिमागलाई स्वस्थ राख्छ भने मूड पनि राम्रो बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण