ट्याक्टरले किच्दा बालिकाको मृत्यु
शुक्रबार, ०१ पुस २०७३, ०९ : २९
बैतडी - ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिए ।
बिहीबार कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको छ ।
बालिकाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा राखिएको छ । फरार चालकको खोजी जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण