नेपालको लगातार दोस्रो हार, भारतसँग ६ विकेटले पराजित
काठमाडौँ – उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा भारतसँग नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले पस्केको १ सय ७३ रनको प्रस्तुत गरेको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएरसफलता पूर्वक पछ्यायो ।
भारतका लागि शुभमान गिलले सर्वाधिक ५७ तथा हिमान्सु रानाले ५१ रनको योगदान दिए । त्यस्तै समरजित सिंहले ३६ रन बताए ।
नेपालका लागि पवन शराफले ३ तथा सन्दिप लामिछानले १ विकेट लिए ।
कोलम्बो क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो ।
नेपालले सुस्त शुरुवात गरे पनि पहिलो विकेटको लागि ३६ रनको साझेदारी गरेको थियो । तर, १४.४ ओभरमा नेपाल एकैपटक ३८ रनको क्षतिमा ४ विकेटको स्थितिमा पुगेको थियो ।
त्यसपछि दिपेन्द्र सिंह ऐरले नेपालको पारी सम्हालेका थिए । श्रीलंकाविरुद्ध ९० रन बनाउँदै नेपाललाई जीतको नजिक पुर्याएका ऐरले ३४ रन बनाए । उनी यश ठाकुरको बलमा बोल्ड हुनअघि ४ चौका प्रहार गरे ।
ऐरले १३ रन बनाएका प्रकाश केसीसँग ३५ रनको महत्पूर्ण साझेदारी गरे ।
रोहित पौडेलले अन्त्यतिर नटआउट रहँदै सर्वाधिक ६८ रनको योगदान दिएर सम्मानजनक स्कोरतर्फ नेपाललाई डोर्याए ।
अन्तिम ओभरमा उनले कमलेश नगरकोटीको बलिङमा लगातार छक्का, चौका, चौका, छक्का र चौका प्रहार गर्दै २४ रन जोडेका थिए ।
भारतका लागि राहुल चाहरले ५ विकेट लिए । नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको खेलमा श्रीलंकासँग नेपाल जीतको नजिक पुगेर एक रनको झिनो अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण