प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपालको फाइनल भोलि
काठमाडौँ – डाबर नेपालले शनिबार एक कार्यक्रमबीच हायत रेजेन्सीमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६ को विजेता घोषणा गर्दै छ । प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६ डाबर नेपालको उत्पादन प्रोस्टाइलले ग्रुप अफ इभेन्ट एन्टरटेनर्स (जि.इ.इ.)सँगको सहकार्यमा आयोजना गर्दै छ । विगत १३ वर्षदेखि म्यानहन्ट नेपालको आयोजना गर्दै आएको हो ।
यो कार्यक्रमा प्रतिस्पर्धा गर्नका लागि १८ वर्ष उमेरमाथिकाहरुबाट परेको आवेदनबाट १५ जना अन्तिम चरणका लागि छानिएका थिए ।
शनिबार हायतमा हुने कार्यक्रमबाट यिनै १५ जनामध्ये एक जनाले प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६ को उपाधि जित्नेछन् । विजेताले २०१७ मा हुने म्यानहन्ट इन्टरनेशनल कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछ ।
विगत डेढ महिनादेखि यिनै १५ जना प्रतिस्पर्धीलाई विभिन्न प्रकारका तालिमहरू प्रदान गरिँदै आएको छ । कोरियोग्राफर रचना शर्मा गुरूङ, प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाललगायत अन्यले प्रतिस्पर्धीहरूलाई तालिम दिँदै आएका छन् ।
कार्यक्रममा रियल ट्यालेन्ट, मिस्टर फोटोजेनिक, एस.एम.एस.बाट भोट गरी मिस्टर पपुलर, लगायत अन्य उपविजेताहरूको निर्धारण गरी ग्रान्ड फिनालेमा उक्त उपाधिहरू पनि प्रदान गरिनेछ ।
डाबर नेपालका मार्र्केिटङ प्रमुख अभयप्रसाद गोर्खालीका अनुसार विजेताले नगद् रू. १ लाख प्राप्त गर्नेछ भने कार्यक्रमका अन्य प्रतिस्पर्धीले नगद्का साथै नयाँ सिडि होर्नेट मोटरसाइकल पनि प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण