अनु शाहलाई १० प्रश्न : महिनामा २५ हजार जतिको सपिङ गर्छु
चलचित्र तथा म्युजिक भिडियो सबैतिर छाउने अभिनेत्री हुन्– अनु शाह । राजेश हमाल हुन् या अहिलेका नयाँ हिरो । प्रायः सबैसँग स्क्रिन सेयर गर्न भ्याइसकेकी छिन् उनले । तर पनि उनको चलचित्र करियर त्यति उँभो लाग्न सकेको छैन । भन्नैपर्दा महिनामा १५ वटा भन्दा माथि म्युजिक भिडियो सक्छिन् उनी । लोक, आधुनिक होस् या पप गीत सबैमा छाउने गरेकी उनी फेसनको मामिलामा पनि अगाडि छन् । कुन समयमा कस्तो पहिरन लगाउने भन्ने सम्बन्धमा राम्रो ज्ञान छ रे उनलाई । चलचित्र अभिनय मात्र होइन, हेर्न पनि रुचाउने उनी बलिउड अभिनेता सलमानकी फ्यान हुन् । उनै अनुसँग रातोपाटीले राखेका दस प्रश्न ।
सौन्दर्यप्रति कतिको सचेत हुनुहुन्छ ? सचेत छु । कुन बेला कस्तो किसिमको मेकअप चाहिन्छ । प्रायः थाहा छ । कतै बाहिर निस्कनुपर्दा पनि त्यति बेरै समय लाग्दैन मलाई । १५ मिनेटमा रेडी हुन्छु । यो समयमा म नर्मल मेकअप गर्छु । लिपिस्टिकलगायतका केही लगाउँछु ।
ड्रेस अप कति गर्नुहुन्छ ? धेरै गर्छु नि । मलाई मन पर्ने कलर भनेको निलो र पहेंलो हो । लगाउन त म धेरैथरीका पहिरन लगाउँछु । फेसनअनुसार चल्ने केटी हुँ म । मैले खासै हिसाब गर्ने गरेकी त छैन । तर महिनामा २५ हजार जतिको सपिङ गर्छु होला ।
फिटनेस गर्ने गर्नुभएको छ ? जिम त ज्वाइन गरेको छैन । सुटिङ कहिले हुन्छ, कहिले हुँदैन । सधैँ जान पनि म्याइँदैन । घरमै हल्का एक्सरसाइज गर्छु । योगाहरु गर्छु ।
घुम्न कतिको मनपर्छ ? म ट्राभलिङ सारै मन पराउँछु । मलाई प्राकृतिक सौन्दर्यले भरिएको सबै ठाउँ मनपर्छ । काठमाडौँ बाहिर तथा देशबाहिर जान रुचाउँछु ।
आफ्नो शरीरको कुन अङ्ग बढी मनपर्छ ? मेरो ओठ सबैभन्दा बढी मनपर्छ । किन हो थाहा छैन । अरुले त मलाई दात राम्रो छ भन्ने गरेका छन् ।
पूरा नभएको सपना ? धेरै अध्यायन गर्ने इच्छा थियो । त्यो पूरा हुन सकेन । अब यो फिल्डमा धेरै गर्ने, चारैतिर चिनिने लक्ष्य छ ।
जीवनमा भुल्न नसकेको घटना छ कि ? त्यस्ता घटना धेरै छन् । कुन घटना भनौँ, भन्नलायक छ भनेर मैले अहिले छुट्याउन सकिनँ । सबै याद पनि आएन । नभनौँ होला ।
कति रिसाउनु हुन्छ ? रिस हत्तपत्त उठ्दैन । कहिले कहिले रिसाएँ भने पनि छिट्टै मर्छ ।
जीवन साथीको कल्पना पनि त होला नि ? छ, सबैले गर्दछन् । सबैको जस्तै छ मेरो पनि चहाना । मलाई बुझ्ने होस्, मेरो पेसाप्रति सम्मान गर्ने होस् । मलाई अगाडि बढ्न मद्दत गरोस् र हेर्दा पनि राम्रो देखियोस् । यी गुण भए पुग्छ ।
रोजेको व्यक्तिसँग डेटिङको अफर आयो भने ? बलिउड अभिनेता सलमान खानसँग जान चाहन्छु । सलमान मलाई सारै मन पर्छ । सलमानको चलचित्र मलाई एक पटक हेरेर पुग्दैन । धेरै चोटि हेर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण