लक्ष्मीको हत्यामा संलग्नलाई मृत्युदण्डको माग (फोटोफिचर)
काठमाडौँ - काभ्रेकी लक्ष्मी परियारको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गरिएको छ ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका भ्रातृ सङ्गठनले लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै आज पदयात्राको समेत आयोजना गरेका छन् ।
जिल्लाको सानो वाङ्थली–७ की ३२ वर्षीया परियारको यही मङ्सिर २४ गते कुटपिटबाट हत्या भएको थियो । बबरमहलबाट सुरु भएको पदयात्रा बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
सोही अवसरमा दलित आन्दोलनका अगुवा पदम सुन्दासले आजको २१औँ शताब्दीमा समेत परियारलाई मलमूत्र खुवाई, कुटपिट गरी हत्या गर्ने हत्यारामाथि कडा कारबाही गर्नुपर्छ भने।
लक्ष्मी परियारको हत्यारा, उक्त घटनामा संलग्न तथा घटनालाई ढाकछोप गरी मेलमिलाप गराउने प्रहरीलगायत सबैलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण