चेल्सीको किर्तिमानी जीत, युनाइटेडको राम्रो फर्म जारी
लण्डन – क्रिस्टल प्यालेसलाई १–० ले हराउँदै चेल्सीले क्लबको प्रिमियर लिगमा लगातार ११ खेल जितेको किर्तिमानलाई बराबरी गरेको छ । जीतसँगै चेल्सीले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।
खेलको पहिलो हाफको अन्त्यतिर विपक्षीको गोलपोस्टमा गरेको पहिलो प्रहारलाई नै चेल्सीले गोलमा परिणत गरेको थियो ।
डिएगो कोस्टाले सेजार एजपिलिक्युएटाको क्रसलाई जाली चुमाए । योसँगै कोस्टाले चेल्सीका लागि सबै प्रतियोगितामा ५० गोल पूरा गरेका छन् ।
मार्को ओलोन्सोले २५ यार्डबाट हानेको फ्रिकिक क्रसबारमा लागेको थियो ।
१७ खेलपछि चेल्सीको ४३ अंक रहेको छ । तर, दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र आर्सनलभन्दा एक खेल बढी खेलेको छ । लिभरपुल र आर्सनलको समान ३४ अंक रहेको छ ।
आर्सनलले आइतबार चौँथो स्थानमा रहेको म्यान्चेस्टर सिटीको सामना गर्दैछ भने लिभरपुलले सोमबार मर्सिसाइड डर्बीमा एभर्टनको सामना गर्दैछ ।
चेल्सीले यसअघि सन् २००९ मा अप्रिल देखि सेप्टेम्बरमा ११ खेल जितेको थियो । आर्सनलले सन् २००२ मा लगातार १४ खेल जितेर प्रिमियर लिगमा किर्तिमान बनाएको थियो ।
यता, चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिगमा आफ्नो पहिलो १७ खेलमा १४ खेल जित्ने पहिलो प्रशिक्षक पनि बनेका छन् ।
योसँगै चेल्सीले प्रिमियर लिगमा ५ सय खेल जित्ने तेस्रो टोली बनेको छ । चेल्सीभन्दा अघि आर्सनलले ५१२ खेल र म्यान्चेस्टर युनाइटेडले ५९३ खेल जितेको छ ।
उता, युनाइटेडले पनि राम्रो फर्मलाई जारी राख्दै वेस्ट ब्रोमविच आल्बियोनलाई पराजित गरेको छ ।
युनाइटेडको जीतमा ज्लाटान इब्राहिमोविचले दुई गोल गरे । स्वीडेनका पूर्व खेलाडीले खेलको पाँचौ मिनेटमा नै जेसे लिन्डगार्डको पासमा युनाइटेडलाई अग्रता दिलाए भने खेलको दोस्रो हाफमा अर्को गोल थपे । पछिल्ला ९ खेलमा इब्राहिमोविचको यो दशौँ गोल हो ।
युनाइटेड सबै प्रतियोगितामा पछिल्ला १० खेलमा अपराजित रहेको छ । प्रिमियर लिगमा ८ खेलमा अपराजित रहेको युनाइटेडले यस क्रममा ४ खेलमा जीत तथा ४ खेलमा बराबरी गरेको छ ।
सन् २०१५ को जनवरी पछि युनाइटेडको यो सबैभन्दा लामो अपराजित यात्रा हो । त्यतिबेला युनाइटेड लगातार १० खेलमा अपराजित बनेको थियो ।
डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी भने स्टोकसँग २–२ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण