सावधान ! यी १० गल्तीका कारण तपाईंलाई पनि हुनसक्छ मधुमेह
मधुमेहको समस्या बिस्तारै बढ्छ । यदि रगतमा चीनिको मात्रा बढाउने खानेकुरा खाइरहे यसले तपाईंलाई मधुमेहको दीर्घ रोगी बनाउनेछ । आज हामी तपाईंलाई यस्ता १० गल्तीबारे बताउँदैछौं जसका कारण मधुमेहको आशंका बढ्ने गर्दछ ।
कम पानी पिउनुः दिनभरी डेढदेखि दुई लिटर पानी नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यसले रगतमा चीनिको मात्रा अनियन्त्रित भइ मधुमेहको आशंका बढ्ने गर्दछ ।
खाना खाएपछि मिठाई खानुः खाना खाएलगत्तै मिठाई खाँदा शरिरमा चीनिको मात्रा तीब्र रुपमा बढ्ने गर्दछ । यसले मधुमेहको शंका बढ्छ ।
अबेर खाना खानुः राती अबेर खाना खानु र खाएपछि तुरुन्त सुत्दा तौल बढ्छ । यसका कारण रगतमा चीनिको सन्तुलन बिग्रने गर्दछ जसले अन्ततः मधुमेहको खतरा निम्त्याउँछ ।
बढ्दो तौलः जो मानिस आफ्नो तौललाई नियन्त्रण गर्न सक्दैनन् उनीहरुको रगतमा चीनिको स्तर नियन्त्रणमा हुन पाउँदैन । यस्तो मानिसहरुमा मधुमेहको खतरा ४० प्रतिशतले वृद्धि हुन्छ ।
व्यायाम नगर्नुः दैनिक ३० मिनेट व्यायाम नगर्दा शरिरमा इन्सुलिनको मात्रा बिग्रन्छ । यस्तोमा मधुमेहको आशंका बढ्ने गर्दछ ।
गुलियो पेय पदार्थः गुलियो पेय पदार्थमा चीनिको मात्रा अत्यधिक हुन्छ जसले शरिरको क्यालोरी बढाउँछ । यो नियमित पिउँदा तौल बढ्छ जसले मधुमेहको आशंका बढ्ने गर्दछ ।
पर्याप्त नसुत्नुः नियमित ७ देखि ८ घण्टा नसुत्दा शरिरमा बोसो बढ्ने समस्या हुन्छ । यसले पनि मधुमेह हुने खतरा निम्त्याउँछ ।
तनावः तनाव बढ्दा शरिरमा ग्लुकोजन र कार्टिसोल नामक हर्मोनको स्तरमा वृद्धि हुन्छ जसले रगतमा चीनिको मात्रा बढाउँछ । यसले मधुमेह हुने सम्भावना बढाउँछ ।
खानाः खानामा च्याउ, हरियो सागसब्जी, गेडागुडीजस्ता खानेकुरा समावेश नगर्दा रगतमा चीनिको मात्रा बिग्रन्छ । यसले मधुमेहको खतरा पनि बढाउँछ ।
स्न्याक्सः दिनभरी हाई क्यालोरीयुक्त स्न्याक्स खाँदा शरिरको बोसो बढ्छ । यसले मधुमेहको आशंका पनि बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत व्यापारको विस्तृत प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको आग्रह
-
ओपनएआईले सार्वजनिक गर्यो ‘च्याटजीपीटी वर्क’, जीपीटी–५.६ पनि ल्यायो
-
उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
-
खामेनीको हत्याको बदला अवश्य लिइन्छ : आईआरजीसी प्रमुख
-
वन्यजन्तुको क्षतिबापत बीमा दिने तयारीमा सरकार
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण