शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मधुमेह रोग कसरी लाग्छ ? बच्नका लागि डा. प्रिया दर्शनीका सुझाव

आइतबार, १० पुस २०७३, १२ : ५३
आइतबार, १० पुस २०७३
पछिल्लो समय मधुमेहका बिरामी नेपालमा मात्र हैन विश्वभरि नै बढिरहेका छन् । मधुमेह कसरी लाग्छ, यसका असर के छन् र यसबाट कसरी बच्ने ? मधुमेह रोग विशेषज्ञ डा. प्रिया दर्शनी योञ्जनसँग गरिएको कुराकानीः मधुमेह भनेको के हो ? रगतमा चिनीको मात्र बढी हुनु नै मधुमेह हो । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परिणत हुन्छ र इन्सुलिनको माध्यमबाट रगतमा मिसिन्छ । यस क्रममा विविध कारणले प्यान्क्रियाजले आवश्यकभन्दा कम इन्सुलेन्स उत्पादन गर्दा गुग्कोज रगतमा घुल्न पाउँदैन र मधुमेह देखापर्छ । नेपालमा बर्सेनि १० हजार मानिसमा मधुमेह लाग्ने गरेको तथ्याङ्क छ । सामान्यतया रगतमा चिनीको मात्र खाना खानुअघि १०० र खाना खाएपछि १४० हुनुपर्छ । नेपालमा ग्रामीण क्षेत्रको तुलानामा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसलाई मधुमेहले बढी सताउने गरेको पाइन्छ । अस्वस्थ खानपान र विलाशी जीवनशैली नै मधुमेह हुने प्रमुख कारण हो । मधुमेहबारे भ्रम मधुमेह भनेको ४०, ४५ वर्ष कटेपछि सम्पन्न र सहरी क्षेत्रका मानिसलाई मात्र लाग्छ भन्ने भ्रम रहँदै आएको छ तर त्यो हैन । ग्रामीण, विपन्न र जुनसुकै उमेर समूहका मानिसमा यस्तो समस्या देखापर्छ । मधुमेहका लक्षण १. पिसाब छिटो छिटो लाग्नु । २. तौल बढ्नु । ३. भोक धेरै वा थोरै लाग्नु । ४. आँखा तिरमिराउने, कमजोर भएको अनुभव हुनु । ५. हात, खुट्टा झम्झमाउनु । ६. रिँगाटा लाग्नुका साथै शरीर आलस्य हुनु, थकाइ बढी लाग्नु । मधुमेह लाग्ने कारण १. मधुमेह लाग्ने प्रमुख कारण भनेकै बढी चिल्लो, मसलादार खानेकुरा खानु । २. शरीरलाई चलायमान नबनाउनु वा एक्सरसाइज नगर्नु । ३. तौल बढ्नु । ५. उच्च रक्तचाप हुनु । ६. मध्यपान तथा धूमपानको अत्यधिक सेवन । यस्ता व्यक्तिमा मधुमेहको जोखिम बढी हुन्छ १. मोटोपन बढी भएका । २. कम्मर, पेट वा शरीरका विभिन्न भागमा बोसो जमेका । ३. वंशाणुगत गुण ४. निष्क्रिय जीनव विताउने । मधुमेह लाग्नबाट यसरी बच्ने १. तौल नियन्त्रणमा राख्ने । २. सक्दो काम सधैँ गर्ने । ३. नियमित व्यायम गर्ने । ४. गुलियो, बढी चिल्लो, मसलेदार खानेकुरा तथा बोसोयुक्त मासुका साथै बढी कार्बोहाइड्रेटयुक्त खानेकुरा नखाने । ५. सिजनअनुसार फलफूल तथा हरियो सागपात खाने । ६. उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने । ७. धमपान, मध्यपान नगर्ने । जान्नैपर्ने कुरा एक चोटि मधुमेह भएपछि पूर्ण रुपमा निको हुँदैन । यस्ता व्यक्तिमा मृगौलासम्बन्धी रोग, हृदयाघात हुने सम्भावना अत्यधिक हुन्छ । त्यस कारण पनि यो रोग लाग्ने नदिने र लागिहाले चिकित्सकको सल्लाहा बमोजित नियमित औषधी सेवान गनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप