शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

श्रीमती ३० पार भइन् ? बेवास्ता नगर्नुहोस् यी ११ संकेत, क्यान्सर पनि हुनसक्छन्

बुधबार, १३ पुस २०७३, १३ : २६
बुधबार, १३ पुस २०७३

३० वर्ष कटेपटि महिलाको शरिरमा विभिन्न हर्मोनल र शारिरिक परिवर्तन हुन्छन् । ३० वर्ष कटेपछि तौल पनि नियन्त्रणमा राख्न सकिन्न । यस्तो अवस्थामा महिलामा क्यान्सरजस्ता गम्भीर रोग लाग्ने सम्भावना बढ्ने गर्दछ ।

अमेरिकन क्यान्सर सोसाइटीको रिपोर्ट अनुसार ३० पछि महिलामा स्तन क्यान्सरको खतरा सबैभन्दा बढि हुन्छ । यसका साथै यो उमेरमा यदि तौल बढिरहेको छ भने पेट, प्यान्क्रियाज, गल ब्ल्याडरको क्यान्सरको सम्भावना पनि अत्यधिक हुन्छ ।

साधारण रुपमा क्यान्सरको सुरुवाती संकेतलाई हामी बेवास्ता गर्छौं । जसका कारण यो रोगबारे थाहा पाइसक्दा समस्या विकराल भइसकेको हुन्छ । क्यान्सरको सुरुवाती लक्षणमा नै डाक्टरको निगरानीमा रहे क्यान्सर नियन्त्रणमा ल्याउन सकिने डाक्टरको मान्यता छ । डा सिद्धार्थ साहिनीले महिलामा हुने साधारण क्यान्सर र त्यसको संकेतबारे जानकारी दिएका छन् ।

१. स्तनमा परिवर्तनः

स्तनमा गाँठो महसुस हुनु । स्तनको मुन्टोमा रंग परिवर्तन हुनु, चिलाउनु, पीडा महसुस हुनु । निप्पलबाट केही निस्कएजस्तो हुनु वा रगत आउनु, यी स्तन क्यान्सरका संकेत हुनसक्छन् ।

२. अनियमित रक्तश्रावः

महिनावारीको क्रममा अत्यधिक रक्तश्राव हुनु । रगतसँगै केही पदार्थ आउनु । महिनावारी रोकिएपछि पनि अचानक रक्तश्रावको समस्या हुनु, यी एन्ड्रोमेट्रीअल वा सर्वाइकल क्यान्सरको संकेत हुन् ।

३. दिसामा रगत देखिनुः

दिसासँगै हल्का वा गाढा रंगको रगत आउनु । गुद्वारबाट रक्तश्रावको समस्या छ भने यो कोलोन क्यान्सरको संकेत हो ।

४. यौनाङ्ग अत्यधिक गन्हाउनुः

यौनाङ्ग अत्यधिक गन्हाउँछ भने यो कुनै प्रकारको इन्फेक्सन वा सर्भाइकल क्यान्सरको संकेत हुनसक्छ ।

५. पेट फुल्नुः

पेट ठिक तरिकाले सफा नहुनु । पिसाब फेर्न समस्या हुनु । तल्लो पेट पटक पटक दुख्नु, यी सबै ओवरिन वा पेल्भिक क्यान्सरको समस्या हुन् ।

६. तौल घट्नुः

अचानक बिना कुनै कारण तौल घट्न थाले यसलाई बेवास्ता नगर्नुहोस् । यो प्यान्क्रियाज, फुड पाइप, पेट वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।

७. खोकीको समस्याः

२/३ हप्तासम्म खोकी निरन्तर लागिरहनु । सास फेर्न समस्या हुन्छ भने यो छातीको संक्रमण वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।

८. थकानः

थोरै काम गर्दा नै तपाईंकी श्रीमती थाक्नुहुन्छ ? धेरैजसो कमजोर महसुस गर्नुहुन्छ भने यो ल्यूकेमिया, कोलोन वा पेटको क्यान्सरको संकेत हुनसक्छ ।

९. भोक नलाग्नुः

अचानक भोक नलाग्नु । धेरैजसो पेट भरिएको जस्तो हुनु । केही खान मन लाग्दैन भने यो ओभरिन क्यान्सरको संकेत हुनसक्छ ।

१०. ज्वरोः

पटक–पटक ज्वारो वा संक्रमणको समस्या । थुप्रै पटक अचानक शरिरको तापक्रम बढ्नु । धेरैजसो शरिर तातो हुनु। यो ल्यूकेमियाको संकेत हुनसक्छ ।

११. टाउको दुख्नुः

तपाईंलाई माइग्रेनको समस्या छैन तर पनि धरैजसो अत्यधिक टाउको दुख्छ भने यो ब्रेन ट्युमरको समस्या हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप