गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
सारांश
- नेकपाले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
- सांसद पार्वती विकले चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण गणेश नेपालीले आत्मदाहको बाटो रोजेको बताइन् ।
- सांसद विकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहतको माग गरेकी छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको बताइन् ।
सांसद विकले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाहको बाटो रोजेको उल्लेख गरिन् ।
‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला ? यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ उनले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरेकै कारण यो ज्यान गएको छ।’
सांसद विकले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभएर राज्यको उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र विक्षिप्त परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
आफ्नो सम्बोधनका क्रममा सांसद विकले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनको भनाइ थियो।
यस्तै, सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश र दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले विना अनुमति उडान भरेको विषयमा कूटनीतिक नोट पठाइयो कि पठाइएन भन्ने प्रश्न पनि उनले गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण