बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

पूर्व राजाले छोरी प्रेरणालाई दाइजो दिएको जग्गा सरकारको नाममा

बिहीबार, २१ पुस २०७३, १७ : ४८
बिहीबार, २१ पुस २०७३

काठमाडौँ – तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको वीरेन्द्रको जग्गा सरकारको भएको छ।

सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय उल्टाउँदै प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको संधयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न आदेश दिएको थियो ।

ज्ञानेन्द्रले काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा छोरी प्रेरणालाई दाइजो स्वरुप दिएका थिए ।

सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध प्रेरणा सर्वोच्च गएकी थिइन् ।

सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले बताउँदै त्यसलाई ट्रष्टमा गाभ्ने अधिकार सरकारसँग नभएको प्रेरणाको दाबी थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप