सेवा केन्द्र स्थापनाको माग गर्दै प्रदर्शन, आन्दोलनको घोषणा
रौतहट – रौतहट निर्वाचन क्षेत्र नम्बर अन्तरगतका स्थानीयवासीहरुले बिहिवार सेवा केन्द्र स्थापनाका लागी माग गर्दै सदरमुकाम गौर स्थित मोटरसाईकल र्यालीसहित जुलुस प्रदर्शनपछि आन्दोलनको घोषणा गरेका छन् ।
सयौँको संख्यामा गएको टोलीले विभिन्न नौ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
देश संघीयताको अवधारण लिइ अघि बढिरहेको अवस्थामा जिल्लाका क्षेत्र नं ५ को कटहरियाबाट सदरमुकाम गौर ३० किलोमिटर टाढा रहेको र सामान्य कामको लागि पनि समय र पैसा दुवै अनावश्यक खर्चिनु पर्ने बाध्यता रहेको ज्ञापनपत्रमा उल्लेख छ । नौ बुँदे माग पत्रमा सेवा केन्द्र स्थापनाको लागि माग गरिएको छ ।
कटहरीयामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी शाखा कार्यालय, भुमि सुधार कार्यालय ,इलाका प्रहरी कार्यालय को स्तर उन्नती (क) श्रेणीमा परिणत हुनु पर्ने, कटहरिया गाविसलाई नगरपालिकामा परिणत गर्नुपर्ने, कृषि विकास सेवा केन्द्र स्थापना,कृषि विकास बैक पुनः स्थापना हुनुपर्नै र विद्युतको रकम महसुल तथा फिउज सेवा कार्यालय स्थापना हुनु पर्ने ज्ञापनपपत्रमा उल्लेख रहेको छ ।
‘मागलाई बेवास्ता गरिएमा चरणबद्ध रुपले संर्घषका कार्यक्रमहरु तय गरी आन्दोलनमा उत्रन बाध्य हुनेछौँ’ ज्ञापनपत्रमा भनिएको छ ।
यसैबीच अगामी २७ गते सम्म माग पुरागर्ने प्रकृया अगाडी नबढाईएमा सोको भोलीपल्ट यही पुष २८ गते गरुडा चौकछेउ झाँझपुल नजिक मुलबाटोमा पहिलो दिन बिहान १० देखि ११ बजे सम्म चक्काजाम गरीने ज्ञापनपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण